जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

वि.सं.२०८१ माघ ३० बुधवार १५:०४
351
shares
काठमाडौं: जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ । विभिन्न प्रवेशाज्ञामा जापान पुगेर ‘ओभर स्टे’ भएका आप्रवासीहरूलाई कडाइ गर्न थालेपछि नेपालीहरू समेत त्यसको मारमा पर्न थालेका छन् ।
गत साता जापानको अध्यागमन कानुन उल्लंघन गर्ने थप दुई नेपाली निष्काशितमा परेका छन् । निष्काशित हुनेमा बुढाथोकी र ढकाल थर भएका दुई पुरूष रहेका छन् । उनीहरूलाई कोरियन एयरको जहाजबाट जापानले नेपालले पठाएको हो ।
उनीहरू गत साता काठमाडौं आइपुगेको स्रोतले बताएको छ । कानुन विपरीत जापानमा रहेका उनीहरूलाई निष्काशन गरी नेपाल पठाएको हो । यद्दपि उनीहरूले के-कस्तो कानुन उल्लंघन गरे भन्ने विषय भने खुलाइएको छैन । यसअघि त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा जापानले चार नेपालीलाई निष्काशित गरेको थियो ।
विदेशमा अध्यागमन कानुन उल्लंघन गरी निष्काशनमा पर्ने नेपालीको संख्या बढ्दो छ । पछिल्लो समयमा जापान, अमेरिका, मलेसिया, क्यानडा, फ्रान्स, माल्दिभ्स, दक्षिण कोरयालगायत देशका सरकारले त्यहाँ रहेका विदेशी कामदारहरूमाथि निगरानी बढाउँदै आएको छ । जसको मारमा नेपालीहरू पनि पर्ने गरेका छन् ।

वि.सं.२०८१ माघ ३० बुधवार १५:०४