पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयघातबाट निधन
वि.सं.२०८१ पुस १३ शनिवार ०९:४८
1.5K
shares
काठमाडौं: सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयघातबाट निधन भएको छ । पारिवारिक एवं अस्पताल स्रोतका अनुसार, हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको हो ।
उनी करिव ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए । २०६५ भदौं २२ मा नियुक्त भएका उनी पदावधि नथपिएपछि २०७० चैत २९ मा अस्थाथी न्यायाधीशबाटै अवकाश भएका थिए । सर्वोच्च अदालतबाट अवकाश भएपछि उनी ६ वर्ष मानव अधिकार आयोगको सदस्य बने । पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा नेतृत्वको आयोगमा उनी २०७१ कात्तिक २ देखि २०७७ कात्तिक १ सम्म सदस्यको रुपमा काम गरेका थिए । त्यसपछि अवकाशयुक्त जीवन बिताइरहेका उनी न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा संलग्न थिए ।
२०१० असार ८ गते जन्मिएका वस्ती २०३३ सालदेखि कानून व्यवसायमा प्रवेश गरेका हुन् । उनले सूर्यनाथ उपाध्याय नेतृत्वको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कानूनी सल्लाहकार बनेर काम गरेका थिए । उनी २०६५ सालमा वरिष्ठ अधिवक्ता भएका थिए । भ्रष्टाचार नियन्त्रण, देवानी कानून एवं कानूनी प्रणालीको विकासक्रमका विषयमा रुची राखेका उनले त्यसवारेमा कैयौ पुस्तक लेखेका छन् ।
वि.सं.२०८१ पुस १३ शनिवार ०९:४८



















