YouTube Link

स्थानीय तहको उपनिर्वाचनमा पुरुष प्रमुख/उपप्रमुख रहेको स्थानमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक दललाई आयोगको निर्देशन

Facebook Link

काठमाडौं: निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पुरुष प्रमुख र उपप्रमुख रहेको स्थानमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । यसअघि पुरुषले कार्यभार सम्हालेका पालिका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख/उपप्रमुख पदमा महिलालाई उम्मेदवार बनाउन आयोगले निर्देशन जारी गरेको हो ।

 

बुधबार बसेको आयोगको बैठकले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम उक्त निर्देशन जारी गरेको आयोगका आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार स्थानीय तहको उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा दलहरूले उम्मेदवारको मनोनयन पत्र पेस गर्दा २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालेका पदमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्नुपर्नेछ ।

 

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा ४ को (१) अनुसार चुनावका लागि मनोनयन पत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्य ५० प्रतिशत महिला उम्मेदवार उठाउनुपर्ने प्रावधान छ । तर, दलहरूले यसअघिको स्थानीय तहका चुनावमा गठबन्धन गर्दा महिलाभन्दा पुरुष उम्मेदवार बढी उठाएका थिए । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्दैछ । त्यसका लागि मंसिर २ गते मनोनयन दर्ता गर्ने मिति तय गरिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...