YouTube Link

भुजी लिग फुटबल प्रतियोगिता आजबाट

Facebook Link

रामेछापः ‘भुजी लिग फुटबल प्रतियोगिता-२०८१’ आजबाट रामेछापको उमाकुण्ड गाउँपालिका-७ भूजीको अमृत घामछायाँ खेल मैदानमा हुँदैछ । उदघाटन खेल दिउँसो २:३० बजे हुने आयोजकले जनाएको छ ।

 

चार ग्रुपमा विभाजित लिग फुटबल प्रतियोगितामा १४ टोलिको सहभागीता रहेको छ । लिग विजेताले स्वर्ण पदक र रनिङ शिल्ड सहित नगद एक लाख २६ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै लिगको उपविजेताले रजत पदक सहित नगद ६३ हजार २६ रुपैयाँ प्राप्त गर्नेछ भने तृतीय हुने टिमले कास्य पदक सहित नगद ३० हजार २६ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै लिग फुटबल प्रतियोगितामा सहभागी टोलीले  सान्त्वना पुरुस्कार स्वरुप नगद रु. १० हजार २६ रुपैयाँ प्राप्त गर्ने छन् ।

 

लिग फुटबल प्रतियोगितामा उत्कृष्ट गोल रक्षकलाई ट्रफी, उत्कृष्ट रक्षकलाई ट्रफी, सर्वाधिक गोलकर्तालाई ट्रफी र प्रतियोगिताको उत्कृष्ट खेलाडीले ट्रफी पाउने छन् भने सेमिफाईनदेखि फाईनलसम्मका खेलहरुमा उत्कृष्ट खेलाडि छनौट गरी म्यान अफ दि म्याच घोषित खेलाडिलाई आकर्षक पुरुस्कार प्रदान गरिनेछ ।

 

उमाकुण्ड गाउँपालिकाको प्रायोजन रहेको प्रतियोगितामा वडा स्तरीय खेलकुद विकास समिति तथा भुजी र लिखु भूजी रामेछाप युवा क्लबको सहआयोजना र उमाकुण्ड गाउँपालिका खेलकुद विकास समितिसँगको समन्वयमा फुटबल क्लब भूजीले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...