YouTube Link

अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनमा कुर्सी हानाहान

Khanepani Dhal
Facebook Link

काठमाडौं: नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल (क्रान्तिकारी)को जारी सम्मेलनमा कुर्सी हानाहान भएको छ । सम्मेलन स्थलमै प्रतिनिधिहरूले कुर्सीले हानाहान गरेपछि प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ ।

 

क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन गत बिहिबारदेखि सुरु भएको थियो । त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा आयोजना हुने सम्मेलन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

 

गुटगत विवाद बढ्दै जाँदा क्रान्तिकारीको सम्मेलनस्थल कीर्तिपुरमा उमेर हदको विषयलाई लिएर दुई समूहबीच कुटाकुट भएको हो । प्रचण्डले खुमलटारमै नेताहरूलाई डाकेर २८, ३० र ३२ वर्षे उमेरहदको विकल्पमा मतदानबाट निर्णय गर्न भनेका थिए । प्रचण्डले उमेर हदबन्दी लगाउने-नलगाउने निर्णय मतदानमार्फत टुंग्याउन भनेपछि सम्मेलन उद्घाटन गरेर बन्दसत्र थालिएको थियो ।

 

बन्दसत्रमा उमेरहदबारे मतदान गर्ने-नगर्ने विषयमा छलफल चलिरहेका बेला दुई गुटबीच बढेको विवादले कुर्सी हानाहान र ठेलाठेल भएको हो । प्रत्यक्षदर्शीका अनुसार एकजना विद्यार्थी प्रतिनिधिले विवादका क्रममा चक्कु नै निकालेका थिए । क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनमा उमेर हदबन्दीले नयाँ विवाद जन्माएको छ । आइतबार पनि यसबारे विवाद भएको थियो ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:४८

काठमाडौं: भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत आज समुह चरणको...

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:२७

काठमाडौं: जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा...

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ वैशाख २८ आइतवार १६:२२

काठमाडौं: तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु...

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:१२

काठमाडौं: नेपालले साफ यु-१९ च्याम्पियनसिपको पहिलो खेल श्रीलंकासँग खेल्दैछ ।...

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

वि.सं.२०८२ वैशाख २८ आइतवार ०८:२६

काठमाडौं: प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक...

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०९:२१

एजेन्सी: भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार पनि...