Health Ad
YouTube Link

आइतबार राताम्मे बनेको सेयरबजार सोमबार हरियाली

Khanepani Dhal
Facebook Link

काठमाडौं: आइतबार नेप्से घटेर राताम्मे बनेको सेयरबजारमा सोमबार हरियाली छाएको छ । २४४१ अंकको न्युनतम विन्दु छोएर फर्किएर नेप्सेले २५ सय माथिको यात्रा गरेको हो । सोमबार नेप्से सूचक ४४.४५ अंकले बढेर २५०८.८६ अंकमा बजार बन्द हुँदा कारोबारमा आएका ८० प्रतिशत कम्पनीहरुको सेयरमूल्य बढ्न पुग्यो ।

 

सूचक दोहोरो अंकले बढेको मौका छोपेर २१० कम्पनीको लगानीकर्ताले मूल्य बढाउँदा घट्ने ३३ कम्पनीहरु भने जलविद्युत् र केही म्युचुअल फन्डहरु मात्रै देखिए । बिहीबार, शुक्रबार र शनिबार परेको भीषण वर्षातका कारण आएको बाढीले २० वटा भन्दा बढी जलविद्युत् आयोजनाहरुमा क्षति पुगेपछि त्यसको असर दोस्रो बजारमा देखियो । फलतः क्षति पुगेको आयोजनाहरुको सेयरमूल्य आइतबार र सोमबार नै घट्न पुगेको छ । सोमबार मात्रै २४ वटा जलविद्युत कम्पनीहरुको सेयरमूल्य घटेका हो । आइतबार पनि यो समूहको सेयरमूल्यमा गिरावट देखिएको थियो ।

 

सम्भावित नोक्सानीलाई आकलन गर्दै लगानीकर्ताले क्षतिग्रस्त भएका आयोजनाबाट दोस्रोबजारमा लगानी झिक्न थालेपछि मागको तुलनामा आपूर्ति बढी देखिदा सेयरमूल्य घट्न पुग्यो । तर यीबाहेकका जलविद्युत कम्पनीलगायत अन्य कारोबारमा आएका कम्पनीहरु भने बढेको बजारमा कमाउनेकै सूचीमा देखिए । उपसमूहका सूचकका आधारमा आज वित्त, होटल तथा पर्यटन,उत्पादन तथा प्रशोधन, लगानीलगायत समूहका कम्पनीहरुको सेयरमूल्य बढेका छन् । जलविद्युत् समूहतर्फ पनि क्षतिग्रस्त आयोजना बाहेकका कम्पनीहरुको सेयरमूल्यमा वृद्धि देखिँदा समग्र सूचकमा १.२२ प्रतिशतको वृद्धि देखिएको हो ।

 

कारोबार खुम्च्याएर ३ अर्बको मात्रै सेयर किनबेच गरेका लगानीकर्ताले आज सीईडीबी हाइड्रोको सेयर सबैभन्दा धेरै माग गरेका थिए । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लाग्न पुग्यो भने कुमारी सबल योजना, युनाइटेड मोदी हाइड्रो, सर्वोत्तम सिमेन्ट, सोनापुर मिनरल्सलगायतका कम्पनीको सेयरमूल्य ९ प्रतिशतको बृद्धि सहित सर्किट लेबलमै पुग्यो । यो बाहेकका महुली लघुवित्त, हाथवे इन्भेस्टमेन्ट, घोराही सिमेन्ट पनि आज धेरै कमाउनेको सूचीमा अगाडि देखिएका छन् । समग्रमा ४४ अंकको नेप्सेको वृद्धिसँगै आज २१० कम्पनीको सेयरमूल्य बढेको छ ।

 

सोमबार हरियो बनेको बजारमा घट्ने कम्पनीहरु भने म्युचअल फण्ड र जलविद्युत् कम्पनीहरु मात्रै देखिए । जसमा बाढिबाट क्षति पुगेको आयोजनाहरु सगरमाथा जलविद्युत्, साहस ऊर्जा, माउन्टेन हाइड्रो, मान्डु हाइड्रो, खानी खोला, मिड सोलु, पाँचथर पावर कम्पनी, सगरमाथा जलविद्युत्, साहस उर्जा, माया खोलाको सेयरमूल्य घटेको छ । यी कम्पनीहरुको ३ प्रतिशत माथिले सेयरमूल्य घटेका हुन् । यीबाहेक केही म्चुअल फण्डहरु पनि आज सेयर मूल्य घट्नेको सूचीमा अगाडि नै देखिएका छन् ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

वि.सं.२०८१ चैत ९ शनिवार ०६:५८

काठमाडौं: नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।...

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:३३

काठमाडौं: प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तिहरु पुरस्कृत भएका...

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:१५

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार...

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ८ शुक्रवार ०६:४८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदका प्रश्नको जवाफ दिने

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदका प्रश्नको जवाफ दिने

वि.सं.२०८१ चैत ७ बिहीवार १०:००

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ...