YouTube Link

प्रतिनिधिसभाको चालु अधिवेशन सोमबार राती १२ बजेदेखि अन्त्य हुँदै, ५३ दिनमा ५६ बैठक, पाँच विधेयक पारित

Facebook Link

काठमाडौं: प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रतिनिधिसभाको चालु चौथो अधिवेशन सोमबार (आज) राति १२ बजेदेखि अन्त्य हुने भएको हो । आजको बैठकमा बोल्दै सभामुख देवराज घिमिरेले राति १२ बजेदेखि चालु चौथो अधिवेशन अन्त्य हुने जानकारी दिए ।

 

सरकारले चालु अधिवेशन अन्त्यका लागि हिजो आइतबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको पत्र संघीय संसदलाई पठाएका थिए । सभामुख देवराज घिमिरेले आजको बैठकमा संसद्को गतिविधिबारे जानकारी गराए अनुसार ५३ दिनमा ५६ पटक बैठक बस्यो । २०६ घण्टा २५ मिनेट संसदीय काम कारवाहीमा बित्दा ५ विधेयक पारित भए । यस अवधिमा संयुक्त बैठक दुई पटक बसी ३ घण्टा ५५ मिनेट समय व्यतित गरिएको छ ।

 

यस अधिवेशनमा प्रतिनिधिसभामा ८ वटा सरकारी र एउटा गैर सरकारी गरी ९ विधेयक दर्ता भए भने ५ दुबै सदनबाट पारित भएको सभामुख घिमिरेले जानकारी दिए । ३ वटा विधेयक समितिमा विचाराधीन छन् । राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा प्राप्त सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सम्बन्धित समितिमा विचाराधीन छ भने अघिल्ला अधिवेशनमा राष्ट्रियसभाबाट प्राप्त १० वटा विधेयकमध्ये ४ वटा विधेयकहरू पारित गरी फिर्ता पठाइएको छ । विधायन विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश भएको छ भने ४ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन अवस्थामा रहेका छन् । संसद् सचिवालयका अनुसार राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक सभामा प्रस्तुत भएको छ ।

 

यस्तो छ बर्खे अधिवेशनका गतिविधि:

 

 

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...