YouTube Link

प्रतिनिधिसभाको चालु अधिवेशन सोमबार राती १२ बजेदेखि अन्त्य हुँदै, ५३ दिनमा ५६ बैठक, पाँच विधेयक पारित

Khanepani Dhal
Facebook Link

काठमाडौं: प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रतिनिधिसभाको चालु चौथो अधिवेशन सोमबार (आज) राति १२ बजेदेखि अन्त्य हुने भएको हो । आजको बैठकमा बोल्दै सभामुख देवराज घिमिरेले राति १२ बजेदेखि चालु चौथो अधिवेशन अन्त्य हुने जानकारी दिए ।

 

सरकारले चालु अधिवेशन अन्त्यका लागि हिजो आइतबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको पत्र संघीय संसदलाई पठाएका थिए । सभामुख देवराज घिमिरेले आजको बैठकमा संसद्को गतिविधिबारे जानकारी गराए अनुसार ५३ दिनमा ५६ पटक बैठक बस्यो । २०६ घण्टा २५ मिनेट संसदीय काम कारवाहीमा बित्दा ५ विधेयक पारित भए । यस अवधिमा संयुक्त बैठक दुई पटक बसी ३ घण्टा ५५ मिनेट समय व्यतित गरिएको छ ।

 

यस अधिवेशनमा प्रतिनिधिसभामा ८ वटा सरकारी र एउटा गैर सरकारी गरी ९ विधेयक दर्ता भए भने ५ दुबै सदनबाट पारित भएको सभामुख घिमिरेले जानकारी दिए । ३ वटा विधेयक समितिमा विचाराधीन छन् । राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा प्राप्त सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सम्बन्धित समितिमा विचाराधीन छ भने अघिल्ला अधिवेशनमा राष्ट्रियसभाबाट प्राप्त १० वटा विधेयकमध्ये ४ वटा विधेयकहरू पारित गरी फिर्ता पठाइएको छ । विधायन विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश भएको छ भने ४ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन अवस्थामा रहेका छन् । संसद् सचिवालयका अनुसार राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक सभामा प्रस्तुत भएको छ ।

 

यस्तो छ बर्खे अधिवेशनका गतिविधि:

 

 

 




X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक

बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक

वि.सं.२०८२ असार ६ शुक्रवार १७:४९

काठमाडौं: सम्भावित विपद्लाई ध्यान दिँदै बीपी राजमार्ग १५ दिनका लागि...

आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन

आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन

वि.सं.२०८२ असार ६ शुक्रवार १७:३९

काठमाडौं: उपत्यकाको चक्रपथअन्तर्गत ललितपुरको ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालनमा आएको...

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

वि.सं.२०८२ असार ५ बिहीवार ११:३२

काठमाडौं: काठमाडौं उपत्यकामा घट्न सक्ने सम्भावित विभिन्न विपद्का घटना र...

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

वि.सं.२०८२ असार ४ बुधवार १८:२०

काठमाडौं: नेपाल विद्यार्थी संघ  र नेपाल तरुण दल स्याङ्जाका  पूर्व...

ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने

ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने

वि.सं.२०८२ असार ४ बुधवार ०८:०७

काठमाडौं: ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने भएको छ ।...

आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

वि.सं.२०८२ असार ४ बुधवार ०७:४६

काठमाडौं: हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू-भाग...