सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि पोखरा उडेको थियो
वि.सं.२०८१ साउन ९ बुधवार १२:०५
2.1K
sharesकाठमाडौं: काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन एएमई-सीआरजे २०० कलसाइनको जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाज मर्मतका लागि पोखरा उडेको थियो । तर उडेलगत्तै दुर्घटनामा परेको हो ।
विमानस्थलको रनवे ०२ बाट उडेको जहाज रनवे २० को पूर्वी साइडमा जहाज दुर्घटनामा परेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजबाट क्याप्टेन मनिष शाक्यको उद्धार गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनको उद्धार गरी उपचारार्थ केएमसी अस्पताल लगिएको छ । उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०८१ साउन ९ बुधवार १२:०५