YouTube Link

हेर्नुहोस् आज २०८१ जेठ १० गते बिहीबार तपाईको राशिफल

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ
जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ। काम दोहोर्याउनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ।

 

 

वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। अर्थअभाव भने देखा पर्नेछ। लोकाचारका लागि पनि भोगविलासका वस्तु जुटाउनुपर्ला। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। वादविवाद भए पनि प्रेम र मित्रताको बन्धन कसिनेछ।

 

 

मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह
विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ। शत्रुहरू पनि किनारा लाग्नेछन्।

 

 

कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। तापनि, चिताएका काम सम्पादन गर्न सकिनेछ।

 

 

सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।

 

 

कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

 

 

तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ।

 

 

वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

 

 

धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन्। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेको हुँदा सावधान रहनुहोला।

 

 

मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

 

 

कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द
समाजमा तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउन सक्छ। भेटघाटले उत्साह बढाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। प्रतिष्ठित कामले धेरैको मन जित्न सकिनेछ। ठूला व्यक्तिको समेत सहयोग प्राप्त हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।

 

 

मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आस मारेकाे काम समेत सम्पादन हुनेछ। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। दिगाे काममा जग बसाउने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।

 

साभारः नेपाली पात्रोबाट, लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

हेर्नुहोस् आज २०८३ असोज ३० गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ असोज ३० गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८३ असोज ३० शुक्रवार ०८:४३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...