YouTube Link

हेर्नुहोस् आज २०८० पुष २४ गते मंगलबार तपाईको राशिफल

Facebook Link

 

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ

साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

 

वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा पनि सफलता नै दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा जित हासिल हुनेछ।

 

मिथुन – Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। संघर्षले कर्मयोग अघि बढ्नेछ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्र काममा समेत बाधा पुर्याउन सक्छ।

 

कर्कट – Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ। आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन्। छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ।

 

सिंह – Leo मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। आस मारेको नतिजा समेत सकारात्मक हुन सक्छ।

 

कन्या – Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसकिएला। बाेली–व्यवहारकाे कठोर शैलीले समस्या निम्त्याउन सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्नुहोला। द्विविधाले निर्णय कमजोर बन्नेछ। अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला।

 

तुला – Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते

समयमा सजग नहुँदा महत्त्वाकांक्षी योजना बिग्रन सक्छ। व्यवहारमा केही चुनौती देखा पर्नेछन् भने अप्ठ्यारो परिस्थिति पनि सामना गर्नुपर्ला। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्। भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा उत्पन्न होला। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

 

वृश्चिक – Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु

समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। श्रमअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिएला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।

 

धनु – Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। दिगो योजना प्रारम्भ गर्ने समय छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ।

 

मकर – Capricorn भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।

 

कुम्भ – Aquarius गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउन सफल भइनेछ। अभावले सताए पनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। स्वास्थ्य भने कमजोर रहनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। बुद्धि–विवेकले काम गर्न सकिनेछ।

 

मीन – Pisces दि, दु, थ, झ, ञ, दे, दो, च, चि

जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। कामको चाप बढ्नेछ।

 

साभारः नेपाली पात्रोबाट, लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...