YouTube Link

हामीले आफ्नो शक्ति बनाएर अगाडि बढ्नुपर्छ, बैसाखी टेक्ने, लौरो टेक्ने भन्ने हुँदैन, आफैँ बलियो बन्नुपर्छ: ओली

Facebook Link

काठमाडौं: नेकपा एमाले केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष  केपी शर्मा ओलीले एमालेको नीति र संगठनको सुप्रिमेसीलाई खुलस्त स्वीकारेर समाहित भएमात्र एकता गर्न सकिने धारणा राखेका छन् ।

विगतमा एकताको अनुभव हासिल गरिएको बताउँदै उनले दुई वटा अध्यक्ष राखेर पार्टी एकता हुन नसक्ने प्रष्ट पारे । उनले भने, ‘हामीले आफ्नो शक्ति बनाएर अगाडि बढ्नुपर्छ । बैसाखी टेक्ने, लौरो टेक्ने भन्ने हुँदैन, आफैँ बलियो बन्नुपर्छ । एमालेका उद्देश्यलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ ।’ उनले वामपन्थी एकता सुन्दा राम्रो सुनिएपनि अरुका स्वार्थका लागि काम गर्नेसँग एकता हुन नसक्ने स्पष्ट पारे । पार्टी एकता अर्कोले पनि आवश्यकता छ भन्ने ठानेपछि मात्र एकता हुने उनको भनाई छ । ओलीले झण्डा र व्यानर जति भएपनि नेपालमा प्रगतिशिल शक्ति र दक्षिणपन्थी गरी दुईथरी शक्ति मात्र रहेको उल्लेख गरे । ओलीले एकताको मन्त्र जपेर मात्रै पार्टी एकता नहुने स्पष्ट पारे ।

ओलीले एमाले देश बनाउने पार्टी भएकाले अनुशासित सक्रियता आवश्यकता रहेको बताए । उनले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’अभियान सकेर आएपश्चात शान्तिपूर्ण ढंगले आन्दोलनकारी ढंगले अगाडि बढ्ने स्पष्ट पारे । उनले भने, ‘हामी हिंसाको बाटो जादैनौं । गम्भीर छलफल गर्छौ । मैदानमा उत्रिन्छौं । जनताको बल प्रयोग गरेर अगाडि बढ्छौं, जनता सार्वभौम हुन् । देशलाई यस्तो अस्थिर अवस्थामा बस्न दिँदैनौं ।’

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...