त्रिसुली नदीमा ३५ जनाले लिए रिभरगाइड तालिम

 

काठमाडौं: नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल एशोसिसन अफ राफ्टिङ एजेन्सिज (नारा) संगको सहकार्यमा त्रिसुली नदीमा रिभरगाइड तालिम सम्पन्न भएको छ ।

 

दुई सातासम्म सञ्चालन गरिएको तालिममा सातै प्रदेशका ३५ जना प्रशिक्षार्थीहरुको  सहभागिता रहेको थियो । तालिममा रिभरगाईड तथा राफ्टिङको  सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिएको थियो । जसमा नदीहरुको जानकारी, फोहरमैला व्यवस्थापन, राफ्टिङ सञ्चालन, यसमा आइपर्ने  जोखिम र यात्रुको  सुरक्षा लगायतका विषयमा प्रशिक्षण दिइएको तालिमका मुख्य प्रशिक्षक कमलबहादुर ठकुरीले जानकारी दिए ।

 

तालिम समापनको अवसरमा बोल्दै नाराका निर्वतमान अध्यक्ष गंगाप्रसाद नेपालले नेपालमा जल पर्यटनको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रमा देखिएको जनशक्तिको अभाव परिपूति गर्न तालिम सहयोगी हुने बताए । तालिमले स्वदेश तथा विदेशमा रोजगारीको अवसर प्रदान गर्ने तथा देशमे स्वरोजगार बन्न चाहनेका लागि समेत फलदायी हुने बताए ।

 

 

जल पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न बोर्डले विभिन्न समयमा यस्ता तालिम आयोजना गरेको र त्यसैको निरन्तरता स्वरुप यो तालीम आयोजना गरिएको नेपाल पर्यटन बोर्डका प्रबन्धक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले जानकारी दिए ।

 

देशैभरिबाट सहभागिताको लागि आव्हन गरि तालिम सञ्चालन गरिएको जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिविकोपार्जनविज्ञ धर्म दवाडीले जानकारी दिए । तालिमका सहभागीहरुले तालिम व्यवहारिक भएको र यसले आफुहरूमा कम प्रतिको आत्मविश्वास बढाएको बताए ।

 

Nishana Seving AD

Alice Education home sports
त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

वि.सं.२०८० मंसिर १४ बिहीवार १२:१५

  पोखरा: त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप...

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

वि.सं.२०८० मंसिर १४ बिहीवार ११:५९

  काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका लागि...

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:१८

  काठमाडौं: नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट...

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:०२

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:१५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

वि.सं.२०८० मंसिर १३ बुधवार १५:४३

  काठमाडौं: राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ...