YouTube Link

त्रिसुली नदीमा ३५ जनाले लिए रिभरगाइड तालिम

Facebook Link

काठमाडौं: नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल एशोसिसन अफ राफ्टिङ एजेन्सिज (नारा) संगको सहकार्यमा त्रिसुली नदीमा रिभरगाइड तालिम सम्पन्न भएको छ ।

दुई सातासम्म सञ्चालन गरिएको तालिममा सातै प्रदेशका ३५ जना प्रशिक्षार्थीहरुको  सहभागिता रहेको थियो । तालिममा रिभरगाईड तथा राफ्टिङको  सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिएको थियो । जसमा नदीहरुको जानकारी, फोहरमैला व्यवस्थापन, राफ्टिङ सञ्चालन, यसमा आइपर्ने  जोखिम र यात्रुको  सुरक्षा लगायतका विषयमा प्रशिक्षण दिइएको तालिमका मुख्य प्रशिक्षक कमलबहादुर ठकुरीले जानकारी दिए ।

तालिम समापनको अवसरमा बोल्दै नाराका निर्वतमान अध्यक्ष गंगाप्रसाद नेपालले नेपालमा जल पर्यटनको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रमा देखिएको जनशक्तिको अभाव परिपूति गर्न तालिम सहयोगी हुने बताए । तालिमले स्वदेश तथा विदेशमा रोजगारीको अवसर प्रदान गर्ने तथा देशमे स्वरोजगार बन्न चाहनेका लागि समेत फलदायी हुने बताए ।

जल पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न बोर्डले विभिन्न समयमा यस्ता तालिम आयोजना गरेको र त्यसैको निरन्तरता स्वरुप यो तालीम आयोजना गरिएको नेपाल पर्यटन बोर्डका प्रबन्धक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले जानकारी दिए ।

देशैभरिबाट सहभागिताको लागि आव्हन गरि तालिम सञ्चालन गरिएको जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिविकोपार्जनविज्ञ धर्म दवाडीले जानकारी दिए । तालिमका सहभागीहरुले तालिम व्यवहारिक भएको र यसले आफुहरूमा कम प्रतिको आत्मविश्वास बढाएको बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...