प्रतिनिधिसभामा आज अर्थमन्त्री महतले जवाफ दिने
वि.सं.२०८० जेठ २८ आइतवार १०:१९
1.2K
shares
काठमाडौं: संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा बोल्न बाँकी सांसदले भाग लिने कार्यसूची सार्वजनिक गरिएको छ ।
त्यसपछि अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिने कार्यक्रम रहेको छ ।
विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । अन्तिममा अर्थमन्त्री डा. महतले ‘विनियोजन विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यक्रम छ ।
आजै ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई पनि निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रस्तुत गर्नेछन् ।
वि.सं.२०८० जेठ २८ आइतवार १०:१९




















