YouTube Link

म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

Facebook Link

एजेन्सी: इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले उपाधि जित्न सफल भएको हो ।

च्याम्पियन्स लिगको उपाधिसँगै सिटीले यो सिजन ट्रेवल उपाधि जित्न सफल भएको छ । सिटीले यो सिजन च्याम्पियन्स लिगसँगै इंग्लिस प्रिमियर लिग र एफए कप जित्न सफल भएको थियो ।

टर्कीको इस्तानबुलस्थित एटाटर्क ओलम्पिया स्टेडियममा गएराति भएको फाइनलमा सिटीलाई च्याम्पियन बनाउन दोस्रो हाफमा रोड्रीले गरेको गोल नै निर्णायक बन्यो ।

खेलको ६८औं मिनेटमा गोल गर्न सफल भएका थिए । ३६औं मिनेटमा प्ले मेकर केभिन डि ब्रुएनाले चोट बोक्दै मैदानबाट बाहिरिएपछि सिटीलाई केही समस्या परेको थियो । तर, त्यो समस्यालाई पन्छाउँदै सिटीले दोस्रो हाफमा गोल गर्दै च्याम्पियन बन्न सफल भयो ।

एक गोलले पछि परेपछि इन्टरले पाँच अवसर सिर्जना गरेपनि गोलरक्षक एडर्सन मोराएस बाधक बन्दा १३ वर्षपछि फाइनल जित्ने इन्टरको सपना पूरा हुन सकेन । सन् २००९/१० को सिजनको फाइनलमा जर्मन क्लब बायर्न म्युनिखलाई २–० ले पराजित गरेर उपाधि जितेयता इन्टर क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।

त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो । दोस्रोपटक फाइनल खेल्दै सिटीले पहिलो उपाधि जित्न सफल भएको हो । सिटी सन् २०२१ मा चेल्सीसँग पराजित हुँदै उपाधि विमुख बनेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...