YouTube Link

राष्ट्रिय स्वतन्त्र पार्टीले जेठसम्ममा देशभर संगठन विस्तार गर्दै

Facebook Link

 

काठमाडौं: आइतबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो जेठसम्ममा देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ ।

 

पार्टीको निर्णय अनुसार चैतसम्ममा जिल्ला निर्वाचन समितिहरुको गठन र जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरु गठन गर्ने रणनीति तय गरेको छ ।

 

माघ मसान्तभित्र प्रदेश समितिहरुको विस्तारित भेला आयोजना गरी प्रदेश समितिहरुको पुनर्गठन गनै मिति र स्थान समेत तोकिएको छ ।

 

माघ १४ गते प्रदेश-१ को विराटनगरमा माघ १४ गते, मधेस प्रदेशको जनकपुरमा माघ १६ गते, वाग्मती प्रदेशको मकवानपुरमा माघ १८ गते, गण्डकी प्रदेशको पोखरामा माघ २१ गते, लुम्बिनी प्रदेशको दाङमा माघ २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा माघ २८ गते र सुदूरपश्चिम प्रदेशको धनगढीमा माघ २६ गते प्रदेश समतिहरु पुनर्गठन गर्ने निर्णय गरेको छ ।

 

त्यस्तै, रास्वपाले केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नारायण प्याकुरेल र केन्द्रीय लेखा आयोगको प्रमुखमा अभिषेक घिमिरेलाई नियुक्त गरेको छ । केन्द्रीय अनुशासन तथा आचरण समितिको प्रमुखमा डा. भरतमणि देवकोटा र सदस्यहरुमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने रहेका छन् ।

 

विवाद समाधान समितिको प्रमुखमा विष्णुकुमार श्रेष्ठ र पुनरावेदन समितिको प्रमुखमा विपिनकुमार आचार्य र सदस्यमा दिपक बोहरा नियुक्त भएका छन् ।

 

नीति तथा विचार विभागको प्रमुखमा डा. मुकुल ढकाल, अभियान तथा प्रचार प्रसार विभागको प्रमुखमा विपिनकुमार आचार्य, मानवीय विकास प्रवद्र्घन विभाग प्रमुखमा कुशुम महर्जन, प्रशिक्षण विभाग प्रमुखमा डा मुकुल ढकाल, संगठन विभाग प्रमुखमा कविन्द्र बुर्लाकोटी, उपप्रमुखमा विष्णुकुमार श्रेष्ठ र सचिवमा शंकर श्रेष्ठ नियुक्त भएका छन् ।

 

उत्पादन प्रवर्धन विभाग प्रमुखमा रामकृष्ण भट्टराई, विकास योजना तथा नीति तर्जुमा विभाग प्रमुखमा डा अरनिको पाँडे, केन्द्रीय आरएटी संयोजन विभाग प्रमुखमा विष्णुकुमार श्रेष्ठ र सूचना तथा प्रविधि विभाग प्रमुखमा विपिन कुमार आचार्य नियुक्त भएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...