क्यालिफोर्नियाको एक डान्स क्लबमा गोली चल्दा १० जनाको मृत्यु

वि.सं.२०७९ माघ ९ सोमवार ०९:५७

एजेन्सी: अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस सहरको एक डान्स क्लबमा एक बन्दुकधारीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँच जना महिला र पाँच जना पुरुष रहेका छन् । घटनामा अन्य १० जना व्यक्ति घाइते भएका छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर छ ।
उक्त क्लबमा गोली चलाएका ती व्यक्तिले नजिकैको अर्को क्लबलाई पनि निसाना बनाएका थिए । तर त्यहाँबाट सेतो भ्यानमा भाग्दै गर्दा उनलाई सशस्त्रको टोलीले घेरा हालेको थियो । घटना गराउने व्यक्ति ७२ वर्षीय हुउ क्यान ट्रान बताईएको छ ।

वि.सं.२०७९ माघ ९ सोमवार ०९:५७