Rajshow Bivag

कांग्रेसले दिएको विश्वासको मतले राजनीतिक वृत्तमा हलचल

Departmant of helth services

 

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले विश्वासको मत दिएपछि राजनीतिक वृत्तमा हलचल शुरु भएको छ ।

 

प्रमुख प्रतिपक्ष रहने गरि विश्वासको मत दिएको कांग्रेसको यो कदमबाट विशेष गरी एमाले सशङ्कित भएको छ । एमालेका नेताहरू सानो स्वरले के हुन लाग्यो ? प्रचण्डले कतै धोका दिने त होइनन् ? भनेर छलफल चलिरहेको छ ।

 

एमाले र अरू सत्ता साझेदार सशङ्कित हुनलाई विश्वासको मत दिएपछि कांग्रेस नेता रामचन्द्र पौडेलले संचारकर्मीहरूसँग कुरा गर्ने क्रममा बोलेको एउटा पङ्क्तिले अझ सशङ्कित बनाएको छ ।

 

पौडेलले प्रतिनिधिसभा बाहिर संचारकर्मीहरूसँग कुरा गर्ने क्रममा यसो भनेका थिए- ‘संविधानमाथि आइपरेका खतरालाई हृदयङ्गम गरेर संविधान बचाउनका लागि प्रचण्डजीलाई मतदान गर्‍यौँ । संविधान रक्षाका लागि बनेको गठबन्धन हाइज्याक भयो यसलाई करेक्सन गर्न पक्षमा मतदान गर्‍यौँ ।’

 

उनको संविधान रक्षाका लागि बनेको गठबन्धन हाईज्याक भयो र कोर्स करेक्सनको पक्षमा भन्ने उक्तिले एमालेलाई संशयमा पारेको छ । प्रचण्डले गठबन्धन छाडेपछि औपचारिक कार्यक्रमहरू बाहेक कांग्रेस सभापति शेरबहादुर देउवासँग कुनै भेटघाट-बोलचाल भएको थिएन ।

 

प्रचण्डले विश्वासको मत लिने एक दिन अगाडि साँझ एक्कासी देउवालाई भेट्नु र देउवा विश्वासको मत दिन तयार हुनुलाई एमाले वृत्तले शङ्काको दृष्टिले हेरिरहेको छ ।

 

सजिलै बहुमत पुगिरहेको प्रचण्ड सरकारलाई कांग्रेस सभापति देउवाले विश्वासको मत दिनका लागि पार्टीभित्र र बाहिर राम्रै आलोचना सहनुपरेको छ । यसरी आलोचना सहेर पनि विश्वासको मत दिनुलाई राजनीतिक विश्लेषकहरूले पनि चुरो कुरो पत्ता लाउन सकेका छैनन् ।

 

नेपाली कांग्रेसबाट राष्ट्रपति पदक आकाङ्क्षी रहेका पौडेलको त्यो भनाइले एमालेभित्र राम्रो तरङ्ग उत्पन्न गरेको छ । प्रतिनिधि सभामा अङ्क गणितका हिसाबले पनि कांग्रेससँग एमालेभन्दा ११ सिट बढी रहेको छ । कांग्रेस प्रतिनिधिसभामा ठुलो दलको रूपमा रहेको छ ।

 

त्यसैगरि कांग्रेस नेताहरू रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्काले पनि कुनै सहमति र समझदारी नभएको बताएका थिए ।

 

प्रचण्डले देउवासँग के कस्तो समझदारी गरेका छन् र प्रचण्डले अब के गर्छन् भनेर एमाले लगायत अरू पार्टीहरूमा उत्पन्न तरङ्ग बढ्दै गएको छ । यही तरङ्गका कारण प्रधानमन्त्री प्रचण्ड गोरखाको कार्यक्रमबाट सिधै एमाले अध्यक्ष केपी ओलीलाई भेट्न पुगेका थिए । उक्त भेटमा सरकार विस्तार, प्रदेश सरकारको किचलो, सभामुख बारे छलफल भनिए पनि प्रमुख विषय कांग्रेसले विश्वासको मत दिनुको कारण बारेमा सोधखोज रहेको श्रोतले जानकारी दिएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...