YouTube Link

कांग्रेसले दिएको विश्वासको मतले राजनीतिक वृत्तमा हलचल

Facebook Link

 

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले विश्वासको मत दिएपछि राजनीतिक वृत्तमा हलचल शुरु भएको छ ।

 

प्रमुख प्रतिपक्ष रहने गरि विश्वासको मत दिएको कांग्रेसको यो कदमबाट विशेष गरी एमाले सशङ्कित भएको छ । एमालेका नेताहरू सानो स्वरले के हुन लाग्यो ? प्रचण्डले कतै धोका दिने त होइनन् ? भनेर छलफल चलिरहेको छ ।

 

एमाले र अरू सत्ता साझेदार सशङ्कित हुनलाई विश्वासको मत दिएपछि कांग्रेस नेता रामचन्द्र पौडेलले संचारकर्मीहरूसँग कुरा गर्ने क्रममा बोलेको एउटा पङ्क्तिले अझ सशङ्कित बनाएको छ ।

 

पौडेलले प्रतिनिधिसभा बाहिर संचारकर्मीहरूसँग कुरा गर्ने क्रममा यसो भनेका थिए- ‘संविधानमाथि आइपरेका खतरालाई हृदयङ्गम गरेर संविधान बचाउनका लागि प्रचण्डजीलाई मतदान गर्‍यौँ । संविधान रक्षाका लागि बनेको गठबन्धन हाइज्याक भयो यसलाई करेक्सन गर्न पक्षमा मतदान गर्‍यौँ ।’

 

उनको संविधान रक्षाका लागि बनेको गठबन्धन हाईज्याक भयो र कोर्स करेक्सनको पक्षमा भन्ने उक्तिले एमालेलाई संशयमा पारेको छ । प्रचण्डले गठबन्धन छाडेपछि औपचारिक कार्यक्रमहरू बाहेक कांग्रेस सभापति शेरबहादुर देउवासँग कुनै भेटघाट-बोलचाल भएको थिएन ।

 

प्रचण्डले विश्वासको मत लिने एक दिन अगाडि साँझ एक्कासी देउवालाई भेट्नु र देउवा विश्वासको मत दिन तयार हुनुलाई एमाले वृत्तले शङ्काको दृष्टिले हेरिरहेको छ ।

 

सजिलै बहुमत पुगिरहेको प्रचण्ड सरकारलाई कांग्रेस सभापति देउवाले विश्वासको मत दिनका लागि पार्टीभित्र र बाहिर राम्रै आलोचना सहनुपरेको छ । यसरी आलोचना सहेर पनि विश्वासको मत दिनुलाई राजनीतिक विश्लेषकहरूले पनि चुरो कुरो पत्ता लाउन सकेका छैनन् ।

 

नेपाली कांग्रेसबाट राष्ट्रपति पदक आकाङ्क्षी रहेका पौडेलको त्यो भनाइले एमालेभित्र राम्रो तरङ्ग उत्पन्न गरेको छ । प्रतिनिधि सभामा अङ्क गणितका हिसाबले पनि कांग्रेससँग एमालेभन्दा ११ सिट बढी रहेको छ । कांग्रेस प्रतिनिधिसभामा ठुलो दलको रूपमा रहेको छ ।

 

त्यसैगरि कांग्रेस नेताहरू रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्काले पनि कुनै सहमति र समझदारी नभएको बताएका थिए ।

 

प्रचण्डले देउवासँग के कस्तो समझदारी गरेका छन् र प्रचण्डले अब के गर्छन् भनेर एमाले लगायत अरू पार्टीहरूमा उत्पन्न तरङ्ग बढ्दै गएको छ । यही तरङ्गका कारण प्रधानमन्त्री प्रचण्ड गोरखाको कार्यक्रमबाट सिधै एमाले अध्यक्ष केपी ओलीलाई भेट्न पुगेका थिए । उक्त भेटमा सरकार विस्तार, प्रदेश सरकारको किचलो, सभामुख बारे छलफल भनिए पनि प्रमुख विषय कांग्रेसले विश्वासको मत दिनुको कारण बारेमा सोधखोज रहेको श्रोतले जानकारी दिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...