YouTube Link

शान्ति मिशनमा खट्ने सशस्त्र प्रहरी बलमा कम्तिमा १५ वर्ष सेवा गरेको हुनुपर्ने मापदण्ड निर्धारण

Facebook Link

 

काठमाडौं: संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरुले सशस्त्र प्रहरी बलमा कम्तिमा १५ बर्ष सेवा अवधि पुरा गरेको हुनुपर्ने मापदण्ड निर्धारण गरेको छ ।

 

मिशनमा सहभागी हुने सशस्त्र प्रहरी कर्मचारीहरुको छनौट प्रक्रिया अझै निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले संशोधन गरिएको ‘यूएन एफपीयू मिशन छनौट निर्देशिका-२०७९’ले लामो समयसम्म सेवा अवधि पुरा गरी मिशनमा अवसर नपाएका कर्मचारीहरु बढी लभान्वित हुने सशस्त्र प्रहरीका सहायक प्रवक्ता सैलेन्द्र थापाले जानकारी दिए ।

 

यसअघि ‘यूएन एफपीयू मिशन छनौट निर्देशिका-२०७१’ अनुसार न्यूनतम ५ बर्ष सेवा अवधि पूरा गरेका सशस्त्र प्रहरी कर्मचारीहरु समेत मिशनमा सहभागी हुँदै आएका थिए । पहिले सेवामा प्रवेश गरेका सशस्त्र प्रहरी कर्मचारीहरुले यस्ता प्रकारका अवसर पाउनुपर्ने सुझाव अनुसार निर्देशिका परिमार्जन गरिएको हो ।

 

यसका साथै सशस्त्र प्रहरी कर्मचारीहरुले सशस्त्र प्रहरी बल नेपालले हालै मात्र लागू गरेको बडी मास इन्डेक्स (बिएमआई) का आधारमा स्वास्थ्य वर्गीकरण सम्बन्धी कार्यविधि, २०७९ अनुसारको मापदण्डमा समेत अनिवार्य रुपमा उतिर्ण हुनुपर्नेछ । जस अनुसार उचाई अनुसारको तौल नभएका अति दुब्ला र अति मोटा कर्मचारी यस अवसरबाट बञ्चित हुनेछन् ।

 

समान मितिमा भर्ना तथा पदोन्नती भएका कर्मचारीहरुको हकमा अभिलेखमा उल्लेखित भर्ना तथा पदोन्नतीको जेष्ठताक्रम अनुसार छनौट गर्ने प्रावधान राखिएको छ । मापदण्ड पुरा भई विभागीय कारवाही भएको भए कारवाही नभएका कर्मचारीलाई पहिलो प्राथमिकतामा राखी छनौट गरिने तर पछिल्लो भर्ना तथा पदोन्नती मिति भएका कर्मचारीहरुसँग छनौट गर्नुपर्ने भएमा यो प्रावधान लागू गरिने छैन ।

 

आचरण विपरित क्रियाकलाप गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई उक्त निर्देशिकामा तोकिएको अवधिसम्म मिशन छनौटमा बञ्चित गरिने छ । जस अनुसार एक पटक मात्र विभागीय सजाय पाएका कर्मचारीहरुको हकमा सजाय फुकुवा भएको मितिले १ वर्ष पुरा भएको हुनुपर्ने र २ वा सो भन्दा बढि सजाय पाएका कर्मचारीहरुको हकमा ७ वर्ष पुरा भएको हुनुपर्ने छ । पदको जेष्ठतामा पर्नका लागि बढुवा फारम नभर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई ३ वर्षसम्म उक्त अवसरबाट बञ्चित गरिने छ ।

 

निर्देशिका अनुसार लगातार वा पटक पटक गरी १२ महिनाभन्दा बढी समय ड्यूटी गर्न नसक्ने भनि नेपाल एपीएफ अस्पतालका सम्बन्धित चिकित्सकको राय अभिलेखबाट देखिएमा मिशन छनौट प्रकृयामा त्यस्ता कर्मचारीलाई सहभागि नगराइने सशस्त्रले जनाएको छ ।

 

तर सशस्त्र प्रहरी कर्मचारी १२ महिनाभन्दा बढी ड्यूटीमा अनुपस्थित रहेको भए अनुपस्थित रहेको अवधि बराबर पूर्ण रुपमा ड्युटी गरेको भनि अभिलेखबाट देखिएमा तोकिएको मापदण्डको आधारमा मिशन छनौट प्रकृयामा सहभागि हुन सक्ने छन् ।

 

यस्तै, एफपीयू प्रि-एफप्याट परीक्षामा सिनियर अधिकृतहरुलाई तोकिएको कोटाको दोब्बर संख्यामा सहभागी गराई उत्तिर्ण मध्येबाट दर्जागतको जेष्ठताको आधारमा छनौट गरिने छ । परीक्षामा अनुत्तिर्ण भई तोकिएको संख्या अपुग भएमा जेष्ठताक्रमको आधारमा निकट्तम जुनियरलाई परिक्षामा पुनः सहभागी गराई परिक्षा संचालन गरिने निर्देशिकामा उल्लेख छ । यसका साथै सशस्त्र प्रहरी निरीक्षकको हकमा तोकिएको संख्यालाई सत प्रतिशत मानी उक्त संख्याको ८० प्रतिशत खुल्ला भर्नाको जेष्ठताक्रमबाट र २० प्रतिशत भर्ना मितिको जेष्ठताक्रम अनुसार छनौट गरिनेछ ।

 

यसैगरी मिशन छनौट भएका अधिकृतले विशेष कारण बाहेक (प्रसूति, क्रिया, विपद्) मिशनमा जान असमर्थता देखाएमा सम्बन्धित दर्जाको वैकल्पिक उम्मेदवारलाई छनौट गरी यस्ता कर्मचारीको मनोनयन रद्द गरिने र यसरी रद्द भएको कर्मचारी सो वर्ष सञ्चालन हुने अनपोल परीक्षामा सहभागी हुन समेत पाउने छैन ।

 

मिशन छनौट पश्चात संचालन हुने तैनाथी पूर्व तालिममा सैद्धान्तिक एवं व्यवहारिक रुपमा लिईने स्तरपरीक्षामा अनुत्तिर्ण भएमा तथा सो तालिममा १५ दिनभन्दा बढि अनुपस्थित भएमा र आचरण विपरितको कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुको मिशन सहभागिता रद्द गरिने समेत निर्देशिकामा समेटिएको छ ।

 

यो निर्देशिका लागू भएसँगै भर्खरै सेवा प्रवेश गरेका सशस्त्र प्रहरी कर्मचारीहरु मिशनमा सहभागी भईरहँदा लामो समय सेवा गर्ने कर्मचारीहरु सहभागीताबाट बञ्चित हुने लगायतका गुनासोहरु नआउने अपेक्षा संगठनले लिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...