YouTube Link

बैंक अफ काठमाण्डूले सुरु गर्यो क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवा

World Cup 2026
Facebook Link

 

काठमाडौं: बैंक अफ काठमाण्डू लिमिटेडले क्लियरिङ्ग चेकहरु कियोस्क मेसिन मार्फत जम्मा गर्न सकिने सेवाको सुरुवात गरेको छ ।

 

यो नयाँ सेवा मार्फत ग्राहकहरुले बिना कुनै झन्झट सजिलैसँग मेसिनमा चेक जम्मा गर्न सक्नेछन् । यस सेवाको शुभारभ्भ पश्चात् ग्राहकहरुले भौतिक रुपमा कुनै भौचर नभरिकन केवल आफ्नो जम्मा गर्नुपर्ने क्लियरिङ्गका चेकहरु मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।

 

बैंकले ल्याएको यस सुबिधामा ग्राहकहरुले चेक जम्मा गर्ने मेसिनमा जम्मा गर्नुपर्ने खाता नम्बर, रकम, चेक जारी भएको मिति, चेक जम्मा गर्न आएका ग्राहकहरुको सम्पर्क नम्बर तथा क्लियरिङ्ग सेसन लगायतका विवरणहरु राखे पश्चात् जम्मा गर्ने चेक स्क्यान गरी चेक जम्मा गर्नसक्नेछन् ।

 

उक्त चेक जम्मा भएपश्चात् ग्राहकहरुले चेक जम्मा भएको प्रमाणिकरणको लागि मेसिनबाट जारी हुने भौचर प्राप्त गरिने बैंकले जनाएको छ । बैंकले उक्त सेवा हालको लागि आफ्नो मुख्य शाखा कार्यालय कमलादीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशभरका सम्पूर्ण शाखा कार्यालयहरुमा समेत विस्तार गर्ने योजना रहेको छ ।

 

कियोस्क मेसिन मार्फत क्लियरिङ्ग चेक जम्मा गर्ने सेवाले चेक जम्मा गर्नको लागि भौतिक रुपमा भौचर भरी बैंकको चेक जम्मा गर्ने काउन्टरमा लाइन बसी चेकहरु जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकलाई छुटकारा मिल्ने विश्वास लिएको बैंकले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...