Rajshow Bivag

लाइसेन्सको ट्रायल परीक्षामा ७० अंकभारको नियम लागू हुँदै

Departmant of helth services

 

काठमाडौं: आइतबारदेखि बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० अंकभारको नियम लागू हुने भएको छ ।

 

प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले तत्काल यो नियम लागू गर्न सबै यातायात व्यवस्था कार्यालयलाई बुधबार परिपत्र गरेको छ ।

 

मन्त्रालयको निर्देशन अनुसार सबै यातायात कार्यालयले यसको तयारी अघि बढाएका छन् । आगामी आइतबारदेखि यातायात व्यवस्था कार्यालय चाबहिलले सो नियम लागू गर्ने तयारी गरेको छ ।

 

१९ चैत ०७७ मा जारी भएको सवारी चालक अनुमतिपत्र परीक्षा कार्यविधि निर्देशिकामा भएको परीक्षा सम्बन्धी नयाँ प्रावधान लागू हुन लागेको छ ।

 

निर्देशिकामा ट्रायल परीक्षामा सय पूर्णांकमा ७० अंक ल्याए उत्तीर्ण हुने प्रावधान छ । हाल शतप्रतिशत अंक ल्याउनुपर्ने हुन्छ । यद्यपि, गाडीको हकमा उकालो, ओरालो तथा ‘एल ब्याक’ तथा मोटरसाइक–स्कुटरको हकमा उकालो–ओरालो अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने हुन्छ ।

 

मन्त्रालयको परिपत्र अनुसार सबै यातायात कार्यालयले जनशक्ति व्यवस्थापनदेखि कर्मचारीलाई प्रशिक्षणको काम थालेका छन् ।

 

बागमती प्रदेशमा लाइसेन्सको परीक्षा लिने ६ कार्यालय छन् । काठमाडौं उपत्यकामा एकान्तकुना, चाबहिल, स्वयम्भू र जगाती गरेर चारवटा छन् । त्यस्तै, हेटौँडा र चितवनमा पनि यातायात कार्यालय छन् । चितवनमा भने विवादका कारण परीक्षा सुरु हुन सकेको छैन ।

 

करिव दुई वर्षअघि नै सरकारले लाइसेन्स परीक्षासम्बन्धी निर्देशिका जारी गरे पनि ढिला कार्यान्वयन हुन लागेको हो । प्रदेश १ र गण्डकी प्रदेशमा भने यसअघि नै यो निर्देशिका अनुसार ट्रायल सञ्चालन हुँदै आएको छ ।

 

बागमती प्रदेशमा पनि यसअघि तीनपटक निर्देशिका कार्यान्वयनका लागि प्रदेशको यातायात मन्त्रालयले निर्देशन दिए पनि कार्यान्वयन हुन सकेन । अहिले भने यसलाई कार्यान्वयनमा लैजान लागिएको छ ।

 

नयाँ निर्देशिका अनुसार परीक्षार्थीले सय पूर्णांकमा न्यूनतम ७० अंक ल्याउनुपर्ने हुन्छ । ट्रायलका क्रममा गल्ती गर्दा नम्बर घट्दै जान्छ । त्यसरी घट्दा ७० भन्दा कम भएमा अनुत्तीर्ण हुन्छन् ।

 

मोटरसाइकल तथा स्कुटरको ट्रायलमा ट्राफिक लाइटको नियम पालना नगरेमा १५, टर्निङ इन्डिकेटरको लाइट नबालेमा १०, घुमाउरो ‘८’ मा एकपटकसम्म रेखा छोएमा ५, एकपटकसम्म खुट्टा टेकेमा ५, सवारी चलाउनुअघि सवारीको ब्रेक, ऐना, टायरको सामान्य परीक्षण नगरेमा ३, हेल्मेट लक नलगाएमा ४ र असंयमित तरिकाले चलाउँदा ३ अंकभार काटिन्छ ।

 

त्यस्तै, कार–जिपको हकमा दुईपटकसम्म घुमाउरो ८ को रेखा छोएमा ५–५ गरी १०, एकपटकसम्म सवारीको स्टार्ट बन्द भएमा ५, ट्राफिक लाइटको नियम पालना नगरेमा १५, सवारी पछाडि सार्ने क्रममा एकपटकसम्म अघि सरेमा १० नम्बर घट्छ ।

 

त्यस्तै, सवारी चलाउनुअघि सवारीको ब्रेक, ऐना, टायरको सामान्य परीक्षण नगरेमा ३, हेल्मेट लक नलगाएमा ४ र असंयमित तरिकाले चलाउँदा ३ अंकभार काटिने निर्दशिकामा उल्लेख छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:०८

  काठमाडौं: नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको...

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२९

  काठमाडौं: निजी विद्यालयहरूलाई विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त...

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १३:२४

  काठमाडौं: प्रतिनिधिसभाका उप-सभामुख माननीय इन्दिरा रानामगरद्वारा महिला राष्ट्रिय टिमका...

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०९:४४

  काठमाडौं: साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका...

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...