बाजुरामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मतगणना स्थगित
वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:३८
1.9K
shares
काठमाठौं: मत पेटीकामा मुचुल्का भन्दा बढी मत भेटिएपछि बाजुराको मतगणना फेरि स्थगित भएको छ । बाजुराको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो ।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका बद्रि पाण्डेले ५ हजार ३९९ मत प्राप्त गरेका छन् । त्यस्तै उनका प्रतिस्पर्धी एमालेका कर्ण थापाले ४ हजार १३० मतसहित पछ्याइरहेका छन् । पाण्डे र थापाबीचको मतान्तर १ हजार २६९ रहेको छ ।
बाजुराको प्रदेश सभा क मा एकीकृत समाजवादीका नरेशकुमार शाही अग्र स्थानमा छन् भने एमालेका बलदेव रेग्मीले पछ्याइरहेका छन् । मंसिर ४ मा मतदानका क्रममा झडप हुँदा बुढीनन्दा नगरपालिका-९ मा यही मंसिर १० गते पुन: मतदान गरिएको थियो ।
वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:३८




















