YouTube Link

धेरै पछि पर्दै ओली नजिक मानिएका नेताहरुको पछिल्लो मत परिणाम

Facebook Link

 

काठमाडौ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका निकट मानिएका नेताहरु प्रतिनिधि सभाको मतगणनाको पछिल्लो परिणाम अनुसार धेरै पछि परेका छन् ।

 

ओलीका निक्कै नजिक मानिएका महेश बस्नेत भक्तपुर २ बाट उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा अगाडि छन् । थापाले शुरुदेखि ने बस्नेतलाई पछि पार्दै आएका छन् ।

 

ओलीका अर्का विश्वास पात्र अग्नि खरेल झापा १ बाट उम्मेदवारी दिएका थिए । झापा १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा जितको नजिक पुगेका छन् ।

 

यसैगरी ललितपुर १ मा एमालेबाट उम्मेदवारी दिएका ओलीका अर्का विश्वास पत्र नवराज सिलवाल पनि पराजयको नजिक छन् । ललितपुर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणा जितको नजिक पुगेका छन् ।

 

चितवन १ मा एमालेबाट उम्मेदवारी दिएका सुरेन्द्र पाण्डे पनि पछि परेका छन् । त्यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल अगाडि देखिएका छन् ।

 

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौ ५ बाट उम्मेदवारी दएका छन् । त्यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल अगाडि छन् ।

 

इलाम २ मा एमालेबाट उम्मेदवारी दिएका उपाध्यक्ष सुवास नेम्वाङ पनि ओलीसँग निकै निकट मानिन्छन् उनी पनि नेपाली कांग्रेसबाट डम्मर खड्काले उम्मेदवारी दिएका छन् । पछिल्लो समय  खड्काले आफ्नो मतान्तर बढाउदै लगेका छन् ।

 

यसैगरी प्यूठानबाट उम्मेदवारी दिएका सूर्य थापा पनि राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलभन्दा पछाडि परेका छन् ।

 

यसैगरी स्याङजा २ मा एमालेबाट उम्मेदवारी दिएकी पद्मा अर्याल पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट मानिन्छिन् । त्यस क्षेत्रमा नेपाली कांग्रेसबाट धनराज गुरूङले उम्मेदवारी दिएका छन् ।

 

यसैगरी रुपन्देही २ मा एमालेबाट उम्मेदवारी दिएका विष्णु पौडेल एमाले अध्यक्ष ओलीसँग निकट मानिन्छन् । उनी पनि मतान्तरमा पछि परेका छन् ।

 

काभ्रे २ मा एमालेबाट उम्मेदवारी दिएका गोकुल बाँस्कोटा एमाले अध्यक्ष ओलीका अति नजिक मानिन्छन् । त्यस क्षेत्रमा नेपाली कांग्रेसबाट शिव हुमागार्इंले उम्मेदवारी दिएका छन् । काभ्रे २ मा बाँस्कोटाभन्दा हुमागाईको बलियो देखिएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...