काठमाडौं ४ मा गगन कुमार थापा जित नजिक
वि.सं.२०७९ मंसिर ६ मंगलवार १०:४०
2.6K
shares
काठमाडौं: प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा जित नजिक पुगेका छन् ।
थापाले १९ हजार १४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १३ हजार २३ मत ल्याएका छन् ।
मतान्तर ५ हजार ९९१ रहँदा गन्न बाँकी मत कामनपा ३० नम्बरको ४ हजार ८८१ मात्रै रहेको छ । यसरी नेपाली कांग्रेसका महामन्त्री थापाको जित नजिक देखिएको हो ।
वि.सं.२०७९ मंसिर ६ मंगलवार १०:४०




















