YouTube Link

काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमानको पल्ला भारी

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नम्बर १ का गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाशमान सिंह निरन्तर जितको पर्खाइमा छन् ।

 

उनले यसअघि तीन पटक काठमाडौं १ बाट जितिसकेका छन् । २०६४ सालको कठिन परिस्थितिमा समेत उनले शानदार जित हासिल गरेर जितको पहिलो खुड्किलो पार गरेका थिए । त्यसपछि उनले २०७० र २०७४ को निर्वाचन सजिलै जिते ।

 

मतदाताबाट सर्वाधिक रुचाइएका नेतामध्येका एक प्रकाशमानले मतदाताले चाहेसम्म आफू चुनाव लडिरहने बताएका छन् । सिंहले भने, ‘यहाँका मतदाताले मलाई मन पराएसम्म चुनाव लड्छु, जनताले चाहँदाचाहँदै मैदान छोड्न त भएन नि ।’

 

उनले काठमाडौं १ मा विकास पनि गरेका छन् । व्यक्तिले कब्जा गरेका सरकारी जग्गा फर्काएर १५ स्थानमा पार्क, सामुदायिक भवन र व्यायामशाला बनाइसकेको भन्दै उनले ज्येष्ठ नागरिकको सुविधाका लागि एउटा सुविधासम्पन्न भवन बनिरहेको जानकारी दिए ।

 

खानेपानीको समस्या समाधानका लागि पनि आफूले पहल गरिरहेको उनले बताएका छन् । युवालाई र अनुभवीको टिमसहित चुनावमा होमिएको बताउँदै उनले फेरि पनि चुनाव जित्ने दाबी प्रस्तुत गरेका छन् ।

 

उनीसँग फेरि पनि प्रतिस्पर्धा गर्न रविन्द्र मिश्र आएका छन् । तर रविन्द्र यसपालि विवेकशील साझा पार्टीको अध्यक्षको हैसियतमा नभई पार्टी र एजेन्डासमेत फेरेर राप्रपाको वरिष्ठ उपाध्यक्षको हैसियतमा भोट मागिरहेका छन् ।

 

२०७४ मा ‘व्यवस्था हैन अवस्था बदलौं’ भनेर चुनावमा होमिएका मिश्र अहिले आफ्नै अवस्था बदलेर राजतन्त्र र हिन्दू–बौद्ध राष्ट्र बनाउने एजेन्डा बोकेर आएका छन् ।

 

त्यस्तै २०७४ मा वाम गठबन्धन भएकामा गठबन्धनका तर्फबाट अनिल शर्मा तेस्रो स्थानमा रहेका थिए । सिंहले १० हजार ९३६ मत पाउँदा रविन्द्र मिश्रले १० हजार ११८ मत पाएका थिए । अनिल शर्मा (एमाले–माओवादी केन्द्रको गठबन्धन) ले ५ हजार ३३५ मत ल्याएका थिए ।

 

यसपालि वाम गठबन्धन छैन । एमालेले छुट्टै उम्मेदवार उठाएको छ । युवा नेता  एवं युवा संघका अध्यक्ष किरण पौडेल मैदानमा छन् । उनलाई पार्टी संगठनको मत आउने भए पनि धेरै मतदाता उनलाई चिन्दैनन् । यद्यपि युवा भएका नाताले उनले युवालाई कत्तिको आकर्षित गर्न सकेका छन् त्यो अहिले भन्न सक्ने अवस्था छैन ।

 

प्रकाशमान यसपालि चुनाव जित्न झन् सहज हुने बताइरहेका छन् । यसको कारण हो एउटा त कमजोर प्रतिस्पर्धी । पाँच वर्षको अवधिमा आफ्नो विचार नै फेर्ने रविन्द्र मिश्र र अर्कातर्फ कांग्रेस नेतृत्वको पाँच दलीय सत्ताधारी गठबन्धन । जसमा माओवादी केन्द्र, एमालेबाट टुक्रिएको नेकपा एस, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी रहेका छन् ।

 

काठमाडौं महानगरपालिकाको वडा नम्बर १०, ११, २९ र ३१ मिलेर बनेको संसदीय क्षेत्र नम्बर १ को २०७४ स्थानीय तहको निर्वाचनको नतिजा भने झन् प्रतिस्पर्धात्मक थियो ।

 

चार वटै वडामा नेपाली कांग्रेसले सबैभन्दा बढी ८ हजार ८४८ मत प्राप्त गरेको थियो । एमालेले ८ हजार ७१४ र माओवादी केन्द्रले २ हजार २७४ मत प्राप्त गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ५४० मत प्राप्त गरेको थियो ।

 

समग्रमा २०७४ को स्थानीय तहको निर्वाचनमा वाम एकता (एमाले र माओवादी केन्द्र) मिलेर बनेको तत्कालीन नेकपा हुँदा पनि त्यहाँ कांग्रेसले नै अग्रता कायम राखेको थियो ।

 

२०७९ को स्थानीय तहको चुनावमा यी चार वटै वडामा नेपाली कांग्रेसले ९ हजार ८९५ मत प्राप्त गरेको छ भने निकट प्रतिद्धन्द्धी दल एमालेले ९ हजार ५४१ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले १ हजार १५९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ३७६ मत प्राप्त गरेको छ ।

 

एमालेले आर्कषक मत ल्याएको अवस्थामा नेपाली कांग्रेस २०७९ को स्थानीय चुनावमा पनि लिडमा रहन सफल भयो । यस क्षेत्रका चार वटा वडामध्ये एउटामा मात्रै एमालेले जित हात पारेको छ भने बाँकी तीन वटामा कांग्रेस विजयी भएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...