Rajshow Bivag

गृहमन्त्रालयद्वारा निर्वाचन अवधिभर सुरक्षामा विशेष चनाखो हुन सुरक्षा निकायलाई निर्देशन

Departmant of helth services

 

काठमाडौं: मंसिर ४ गते हुने निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

 

मनोनयन दर्ता भएपछि गृहमन्त्रालयले शीर्ष नेताहरु र उम्मेदवारहरुको सुरक्षामा विशेष ध्यान दिन र उनीहरु जाने स्थान सुरक्षित भए नभएको बारे चुस्त सूचना राख्न समेत निर्देशन दिएको छ ।

 

गृहमन्त्रालयले निर्वाचन अवधिभर परिचालन हुने सुरक्षाकर्मीको जिम्मेवारी बाँडफाँड गर्दै उम्मेदवारहरुको सुरक्षामा विशेष चनाखो हुन निर्देशन दिएको हो । यसका लागि मन्त्रालयले पुरानो र नयाँ सुरक्षा योजनालाई एक साथ राख्न र जोखिम स्थानको पहिचान गरेर सुरक्षाकर्मी खटाउने जनाएको छ ।

 

मतदानको समयमा म्यादी प्रहरीले निर्वाचनमा सहभागी मतदातालाई लाइनमा राख्ने काम गर्नेछ । सशस्त्र प्रहरीलाई जिल्ला निर्वाचन कार्यालयको सुरक्षा, जिल्ला निर्वाचन अधिकृतको सुरक्षा, उम्मेदवारको सुरक्षा, निर्वाचनपछि विजयी उम्मेदवारको सुरक्षा, मतपेटिका ढुवानी र मतपेटिको सुरक्षा लगायतको जिम्मा दिइएको छ ।

 

सुरक्षा योजना अनुसार यसपटक पनि विगतमा झैँ संवेदनशीलताका आधारमा प्रतिमतदान केन्द्र कम्तीमा आठदेखि १५ सुरक्षाकर्मी परिचालन हुनेछन् । सुरक्षाका दृष्टिले सामान्य देखिएका केन्द्रमा प्रतिमतदान केन्द्र आठ सुरक्षाकर्मी खटिनेछन् ।

 

संवेदनशील मानिएका केन्द्रमा कम्तीमा ११ र अति संवेदनशील केन्द्रमा कम्तीमा १५ सुरक्षाकर्मी परिचालन हुनेछन् । परिचालित दस्तामा म्यादी र नेपाल प्रहरीका टोली सहभागी हुनेछन् ।

 

सशस्त्र प्रहरीले पनि संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरेको छ । संवेदनशील र अति संवेदनशील क्षेत्र लक्षित गरेर सशस्त्र प्रहरीले एक सय ११ स्थानमा ‘रिजर्भ फोर्स’ पनि ‘स्ट्यान्डबाई’ राखेको छ ।

 

त्यसबाहेक नेपाल प्रहरीको ‘ब्याकअप फोर्स’का रूपमा सबै मतदान केन्द्रमा सशस्त्र प्रहरी तयारीपूर्वक रहनेछ । निर्वाचन सुरक्षाका परिचालित अर्को सुरक्षा दस्ता नेपाली सेनाले पनि संवेदनशीलताकै आधरमा सुरक्षाकर्मी परिचालन गरेको छ ।

 

निर्वाचन अवधिभर सेनाले विशेषगरी भिभिआइपी, भिआइपी र उनीहरूका निवास, मुलुकभरका सबै कारागार, विमानस्थल, सबै सामरिक महत्वका क्षेत्रको सुरक्षा गर्नेछ । मतपत्र, मतदानपछि मतपेटिका सुरक्षा, मतदान बक्सको ढुवानीमा पनि सेनाका सुरक्षाकर्मी परिचालन हुनेछन् ।

 

निर्वाचनमा नेपाल प्रहरीको ७१ हजार ६९३, नेपाली सेनाका ७४ हजार र सशस्त्र प्रहरीको ३५ हजार सुरक्षाकर्मी खटाउने गृहको तयारी छ । त्यसमा म्यादी १ लाख १५ हजार पनि सँगै खटिनेछन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...