YouTube Link

एसईई उत्कृष्ट अंक प्राप्त गर्नेलाई सिन्धु अमेरिका सोसाईटीको सम्मान

Facebook Link

खाडीचौर । सिन्धुपाल्चोक जिल्लामा जन्मिएर अमेरिकामा वसोवास गर्नेहरुको संस्था हो । सिन्धु युएसए वेलफेयर सोसाईटी अमेरिका । जसले सिन्धुपाल्चोकका बिभिन्न भेगका अतिबिपन्न १६ बिद्यार्थीलाई निजी बिद्यालयमा निशुल्क पढाउने ब्यवस्था गरेको छ । युद्धका बेला पीडित बनेका तथा असाहय बिद्यार्थी मध्ये तीन जनाले कक्षा १२ उतीर्ण गरिसकेका छन् ।
शैक्षिक बिकासका साथै बिपत्तिमा पनि सोसाईटीको योगदान छ । जुरेपहिरोमा परेका वनसाँघू माविको बिद्यालय भवन निर्माण गरिदिएको सोसाईटी सिन्धुपाल्चोक जिल्ला बाट २०७८ मा एसईई परिक्षामा सामेल भएर उत्कृष्ट अंक ल्याउने एक छात्र र छात्रालाई नगदसहित सम्मान गरेको छ ।
जनही ५१ हजार रुपैयाँसहित उत्कृष्ट अंक ल्याउने बालशिक्षा माध्यमिक बिद्यालयका छात्रा दिक्षिका पराजुली र सदावहार एकेडेमीका रामकृष्ण विकलाई सम्मान गरिएको हो । उनीहरुलाई एक कार्यक्रमकाबीच सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमवहादुर बस्नेत ( राजकुमार) को हात बाट सम्मान गरिएको हो । बिद्यार्थीलाई सम्मान गर्दै अध्यक्ष बस्नेतले लगनशीलताले बिद्यार्थीलाई सही नतिजा ल्याउन सहयोग गर्ने बताउँदै सम्मान गर्ने संस्थाप्रति बिपन्न परिवारको आस्था बढेको बताए ।
सोही अवसरमा सोसाईटीको छात्रबृत्तिमा अध्ययन गरेर १२ कक्षा उतीर्ण गरेका बिद्यार्थीलाई प्रशंसा पनि गरिएको थियो । १२ कक्षा उतिर्ण भएकी बिन्दा विकले सोईईटीको सहयोगमा स्तरीय शिक्षा प्राप्त गर्न पाएकाले आफू सक्षम वनेको बताईन् ।
सोसाईटीका संस्थापक अध्यक्ष बंशलाल तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा समन्वय प्रमुख कृष्णप्रसाद सुवेदीले यस किसिमको कामले बिद्यार्थीको हौसला बढ्ने बताए ।
आफू जन्मेको ठाउँ छोडेर अन्यत्र पुगेपनि जन्मस्थानको सेवा गर्ने पनि उद्धेश्य हो । साथै संस्थामा आवद्ध सदस्यहरुको लागि परेको समस्या पनि यसले पहिचान गरेर सहयोग गर्दै आएको अध्यक्ष सूर्यबहादुर खड्काको भनाई छ ।
सिन्धुपाल्चोक जिल्लाबाट अमेरिका पुगेका सन् २०१० मा यो संस्था स्थापना भएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...