नगर प्रहरीको भत्ता बढाउँदै काठमाडौं महानगरपालिका
वि.सं.२०७९ भदौ १२ आइतवार १८:२४
3.9K
shares
काठमाडौं: काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजा वापत दैनिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ ।
महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौंका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने प्रस्ताव पेस भएको हो ।
यसअघि महानगरले नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा यसपटकदेखि पाँच सय रुपैयाँ पुर्याइएको हो ।
काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले भत्ता वापतको रकम वृद्धिको प्रस्ताव पेस गर्न महानगरको प्रशासन प्रमुखलाई निर्देशन दिएका थिए ।
वि.सं.२०७९ भदौ १२ आइतवार १८:२४




















