६३४ मा कोरोना संक्रमण, एकको मृत्यु
वि.सं.२०७९ भदौ ७ मंगलवार १६:४७
1K
shares
काठमाडौ : नेपालमा कोभिड–१९ को सङ्क्रमणका कारण आज एक जनाको मृत्यु भएको छ भने ६३४ जनामा संक्रमण देखिएको छ । योसँगै हालसम्म महामारीमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर थप ६ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ९४९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४३ तथा एन्टीजेन विधिबाट २९१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४१७ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २२१ पुगेको छ । त्यस्तै, १६ हजार ६५३ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
वि.सं.२०७९ भदौ ७ मंगलवार १६:४७




















