जनार्दन शर्मालाई ‘क्लिन चिट’ दिने यस्तो हुँदैछ तयारी
वि.सं.२०७९ साउन १२ बिहीवार ११:१२
2.9K
shares
काठमाडौं: बजेट प्रकरणबारे बनेको संसदीय छानबिन समितिको बैठक आज बस्दैछ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो ।
अहिले समितिलाई शर्मालाई क्लिन चिट दिनको लागि दबाब परेको छ । शर्माले अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको सिसिटिभी फुटेजमा नदेखिएपछि अर्थमन्त्रीलाई ‘क्लिन चिट’ दिन संसदीय छानबिन समितिमा दबाब परेको हो ।
संसदीय छानबिन विशेष समितिले बुधबारदेखि लेख्न लागेको प्रतिवेदनमा अर्थमन्त्रीलाई दोषी देखाउने वा नदेखाउने भन्ने विषयमा विवाद भएपछि प्रतिवेदन लेखन कार्य प्रभावित समेत भएको छ ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९र०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो । पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेलगत्तै राजीनामा दिएका थिए ।
वि.सं.२०७९ साउन १२ बिहीवार ११:१२



















