श्रीलंकालाई हराउँदै नेपालको लगातार दोस्रो जित
वि.सं.२०७९ साउन १२ बिहीवार ०७:३३
3.7K
shares
काठमाडौं: साफ यू-२० च्याम्पियनसिप फुटबलमा श्रीलंकालाई ३-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको छ ।
नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक-एक गोल गरे ।
पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको नेपालले ५८औं मिनेटमा कप्तान आयुषको गोलबाट अग्रता बनाएको थियो ।
खेलको ६५औं मिनेटमा कृतिसले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ८४औं मिनेटमा मनग्यले गोल गर्दै नेपाललाई ३-० को जित दिलाए ।
जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपाल फाइनल नजिक समेत पुगेको छ ।
च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।
शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।
वि.सं.२०७९ साउन १२ बिहीवार ०७:३३


















