आयल निगमले फेरी बढायो पेट्रोलको मूल्य
वि.सं.२०७९ असार २१ मंगलवार ०९:२५
1.5K
shares
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्धि गरेको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य बढाएको हो ।
निगमले पेट्रोल लिटरमा २ रुपैयाँ र डिजेल तथा मट्टितेल लिटरमा ९ रुपैयाँ मूल्य बढाएको छ । हवाई इन्धन आन्तरिकमा पाँच रुपैयाँ बढाएको छ ।
एलपी ग्याँसको भने मूल्य भने बृद्धि गरिएको छैन ।
यसअघि असार ११ गते मात्र आयल निगमले पेट्रोलमा २० रुपैयाँ डिजेल र मट्टितेलमा २९ रुपैयाँ घटाएको थियो र
भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यका आधारमा मूल्यबृद्धि गर्नुपरेको निगमले जनाएको छ ।

वि.सं.२०७९ असार २१ मंगलवार ०९:२५


















