माओवादी केन्द्रको केन्द्रीय कमिटीको वैठक आज पनि बस्दै, बैठकमा उठेका प्रश्नको प्रचण्डले जबाफ दिने
वि.सं.२०७९ असार २१ मंगलवार ०८:४५
1.3K
shares
काठमाडौँ : नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्दै छ । अहिले बिहान ११ बजेबाट शुरु हुने बैठकमा आइतबार प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमाथि सोमबार दिनभर केन्द्रीय सदस्यले राखेको धारणा र उठेका प्रश्नमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिने कार्यक्रम रहेको छ ।
यस्तै गरी आजको बैठकबाट केन्द्रीय पदाधिकारी चयन गर्ने कार्यक्रम पनि रहेको छ । सोमबारको बैठकमा ४६ जना नेताहरूले भाग लिएका थिए । उनीहरुले स्थानीय चुनावसम्बन्धी समीक्षा, पार्टी निर्माण बारेमा विशेष कुरा उठेको बताएका थिए ।
बैठकमा मूलतः आगामी चुनावमा पार्टीलाई सशक्त बनाएर अघि बढ्नुपर्नेमा केन्द्रीय सदस्यहरुले जोड दिएका छन् । तालमेल गरेर चुनावमा जाँदा पार्टीले सम्मानजनक सिट पाउनुपर्नेमा पनि सदस्यहरुले जोड दिएका छन् ।
तर, तालमेलभन्दा पनि पहिलो प्राथमिकता एक्लै चुनावमा जानेगरी पार्टीलाई बलियो बनाइनुपर्नेमा उनीहरुको जोड छ ।
वि.सं.२०७९ असार २१ मंगलवार ०८:४५


















