भारतीय दुतावासमा गोली चल्दा एकको मृत्यु
वि.सं.२०७९ असार २० सोमवार १४:०७
1.2K
shares
काठमाडौ : नेपालस्थित भारतीय राजदुतावासमा गोली चल्दा एक सुरक्षाकर्मीको मृत्यु भएको छ ।
काठमाडौको लैनचौरस्थित भारतीय दुतावासभित्र गोली चल्दा एक भारतीय सुरक्षाकर्मीको ज्यान गएको दुतावासले जनाएको छ ।
दूतावासको सुरक्षामा खटिएका ती प्रहरी सुरक्षाकर्मीले आफैँले बोकेको बन्दुकबाट आफैँलाई गोली प्रहार गरेको बताइएको छ ।
यस सम्बन्धमा सोह्रखुट्टे प्रहरीको टोली त्यहाँ पुगेर अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७९ असार २० सोमवार १४:०७



















