पूर्वै डिआईजी रमेश खरेल प्रकाशमान सिंहको क्षेत्रमा चुनाव लड्दै
वि.सं.२०७९ जेठ २९ आइतवार १३:२७
1.9K
shares
काठमाडौं : पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन् । उनले आज आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।
नेपाल सुशासन पार्टीले खरेललाई आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौ १ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए । उनले विवेकशील साझा पार्टीका तत्कालिन संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गरेका थिए ।
सिंहले १० हजार ९ सय ३७ मत पाएका थिए भने सिंहका निकटतम प्रतिद्वन्द्वी रविन्द्र मिश्रले १० हजार ११८ मत पाए ।
खरेल सुशासन पार्टीका अध्यक्षसमेत हुन् ।
यसअघि विवेकशील नेपालीका संस्थापक नेता तथा अभियन्ता पुकार बमले काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उठ्ने घोषणा गरेका छन् । ‘इनफ इज इनफ’ को अभियान्ता समेत रहेका बमले सोही क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका हुन्।
वि.सं.२०७९ जेठ २९ आइतवार १३:२७




















