YouTube Link

काठमाडौको फोहोर आजदेखि उठाइने

Facebook Link

 

काठमाडौँ : काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठाइने भएको छ ।

 

सिसडोल र बञ्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै आजबाट काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो ।

 

शहरी विकास मन्त्रालयमा हिजो (सोमबार) मन्त्री रामकुमारी झाँक्रीसहित बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहोर उठाएर सिसडोल र बञ्ञचरेडाँडा लैजान दिने सहमति थियो ।

 

सहमति अनुसार बञ्चरेडाँडामा ल्याण्डफिल साइट प्रभावित क्षेत्रमा शहरी विकास मन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि विभिन्न पाँच वटा सडकका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण कार्य, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षारोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गरिएको छ । जसका लागि जम्मा दुई करोड १२ लाख रुपैयाँ खर्च गर्ने सहमति भएको छ ।

 

जग्गा अधिग्रहण सम्बन्धमा वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि सोही प्रतिवेदनको आधारमा अधिग्रहण गर्नुपर्ने जग्गा एकिन गरी प्रक्रिया शुरु गर्ने सहमति भएको छ । यस्तै धुनिवेंसी नगरपालिका १, ३, ४ र ककनीको वडा नम्बर १, २ र ३ का प्रभावित क्षेत्रमा स्थायी बसोवास गरिरहेका बासिन्दालाई नेपाल स्वास्थ्य बिमा वोर्डबाट विधि र प्रक्रिया पूरा गरी दोहोरो नपर्ने गरी स्वास्थ्य विमा गर्ने सहमति भएको छ ।

 

धुनिवेसी नगरपालिका १, ३, ४ र ककनी गाउँपालिका १, २ र ३ का प्रभावित क्षेत्रका वडाहरूको पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने सहमति भएको छ ।

 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को प्रतिवेदनलाई आधार मानी १० दिनभित्र रासायनिक वा जैविक उपचार गरी दुर्गन्ध हटाउने कार्यको प्रारम्भ गर्ने फोहोरलाई स्रोतमै छुटयाउने प्रक्रिया शुरु गर्दै हाल उपत्यकामा थुप्रिएका फोहोरलाई अहिल्यकै अवस्थामा बढीमा असार मसान्तसम्म उठाई लैजानका लागि जेठ २४ गतेदेखि नै फोहोर उठाउने र माटोले फोहोर छोप्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

 

यस्तै साउन १ गतेदेखि उपत्यकामा उत्पादन हुने फोहोरलाई स्रोतमै वर्गीकरण गरी लैजाने व्यवस्था गर्ने पनि बताइएको छ । सहमतिपत्रमा शहरी विकास मन्त्रालयकोतर्फबाट बञ्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाका आयोजना निर्देशक रवीन्द्र बोहरा, काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तर्फबाट लोकनाथ पौडयाल र धुनिबेंसी नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले हस्ताक्षर गरेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...