फेसबुकमा एक वर्षदेखि बोल्दै आएको युवतिलाई बोलाएर सामुहिक बलात्कार
वि.सं.२०७९ जेठ २३ सोमवार १०:३८
1.1K
shares
नेपालगन्ज : यही २१ गते एक १६ वर्षीय किशोरीलाई सामुहकि बलात्कार गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फेसबुकमा एक वर्षदेखि चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्म दिन छ भनेर भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराज लगायत ७ जनाले बलात्कार गरेको बाँके प्रहरीले जनाएको छ ।
किशोरीलाई शुरुमा मानखोलाको जंगल र पछि बैजनाथस्थित टहरामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।
मानखोलाको जंगलमा ५ जना र टहरामा लगेर २ जनाले बलात्कार गरेको प्रहरीले बताएको छ ।
प्रहरीले अभियुक्तहरु हेमराज थारु, निराजन थारु, बिक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाँउबाट पक्राउ गरेको छ ।
घटना २१ गते राती र २२ गते बिहानको हो । २२ गते सांझ ४ बजे किशोरीलाई घर पुर्याउन जादा एउटै मोटरसाइकलमा ३ जना सवार थिए । प्रहरीले खजुरामा चेकजांच गर्दा किशोरी लठ्ठिएको देखेपछि कार्यालयमा लगेर सोधपुछ गर्दा घटना बाहिर आएको हो ।
वि.सं.२०७९ जेठ २३ सोमवार १०:३८




















