माओवादी अध्यक्ष प्रचण्ड किन भए कांग्रेससँग फेरी सशंकित ?
वि.सं.२०७९ जेठ १८ बुधवार १५:१८
2.4K
shares
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) नेपाली कांग्रेससँग सशंकित बनेका छन् ।
उनले आज स्थानीय तहका आफ्ना निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने कार्यक्रममा बोल्दै सत्तारुढ दल नेपाली कांग्रेसप्रति आशंका ब्यक्त गरेका हुन । उनले नेपाली कांग्रेस पनि अहंकारी हुने त होईन भन्ने आशंका ब्यक्त गरेका हुन ।
यसभन्दा अगाडी नेकपा एमालेले पनि दम्भ प्रदर्शन गरेका कारण पार्टी फुटको ढोका उघ्रेको भन्दै यसपटक पनि नेपाली कांग्रेसले दम्भ देखाए गठबन्धन टुट्न सक्ने समेत प्रचण्डले संसय ब्यक्त गरेका छन् ।
प्रचण्डले आशंका मात्र ब्यक्त नगरी यदि त्यस्तो अवस्था आए एमालेलाई लगाएजस्तै ठेगान लगाउने धम्की समेत दिएका छन् ।
यद्यपि आफू अहिले पनि गठबन्धन कायम राख्ने पक्षमा रहेको उनले पटकपटक दोहो¥याए । हिजो एमालेको जस्तो अहंकार कांग्रेसमा नआओस् भन्ने मात्र चाहेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘अहंकार र दम्भ आयो भने फेरि विद्रोह गर्ने हो ।’
आजदेखि दुईदिनसम्म माओवादीले देशभरका १२२ स्थानीय तहको प्रमुख तथा १२८ उपप्रमुखमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रम संचालन गरिरहेको छ ।
वि.सं.२०७९ जेठ १८ बुधवार १५:१८



















