सुख्खा पहिरो झर्दा दुई जनाको मृत्यु
वि.सं.२०७९ जेठ १८ बुधवार १४:१२
2.5K
shares
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा सुक्खा पहिरोमा पुरिदा दुई जनाको मृत्यु भएको छ ।
चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर सुनसरीको धरान उपमहानगरपालिका ६ का ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डिगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।
आज बिहान ११ बजे चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा खसेको सुख्खा पहिरोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए ।
वि.सं.२०७९ जेठ १८ बुधवार १४:१२



















