YouTube Link

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा पत्रकारका ८ प्रश्न, १३ मिनेटमा जवाफ

Facebook Link

काठमाडौं: साता लामो युरोप भ्रमण सकाएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । युरोप भ्रमणमा रहेका बेला सरकारले ल्याएका विभिन्न बिधेयकलाई लिएर सरकारको चर्को आलोचना भइरहेको थियो ।

प्रधानमन्त्री ओलीलाई समसामयिक बिषयमा ८ वटा प्रश्न राखेका पत्रकारहरुलाई प्रधानमन्त्री ओलीले १३ मिनेटमा जवाफ दिएका छन् ।

प्रस्तुत छ- विमानस्थलमा पत्रकारहरुलाई प्रधानमन्त्री ओलीले दिएको जवाफ जस्ताको तस्तैः

संवाद, सहकार्य र अग्रगमनको समय

म एक दुईवटा कुरा मात्रै भन्छु । केही कुराहरु हाम्रो वक्तव्यमा उल्लेख नभएका जस्तै मैले टर्कीका उपराष्ट्रपतिसँग पनि भेटघाट गरेँ आइएलओका डाइरेक्टरले दिनुभएको भोजमा संयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष, दक्षिण अफ्रिकाका राष्ट्रपति लगायत नर्वेका प्रधानमन्त्री अनेक नेताहरुसँग साइड लाईनमा वा अनेक ढंगले वाञ्छित कुराकानी भएको छ र त्यसले ती देशहरुसँगको हाम्रो सम्बन्ध, हाम्रो आर्थिक गतिविधि, बहुआयामिक सम्बन्धलाई अगाडि बढाउन मद्दत पुर्याएको छ ।

अर्को, एउटा कुरा केही मानिसहरुले नबुझेको कुरा के छ भने अबको समय नेपालको आवेश, उत्तेजना, द्वन्द्व, आन्दोलनको समय होइन । अबको समय संवाद सहमति, सहकार्य र अग्रगमनको समय हो । हिजो एउटा समय थियो, जतिबेला आधारभूत प्रश्नमा नै हामीले अधिकार प्राप्त गरेका थिएनौं । राजनीतिक अधिकार नै थिएन । त्यसकारण हामीले आन्दोलन गर्नु पर्दथ्यो । जनता सार्वभौमसत्ता सम्पन्न थिएन । त्यसकारण आन्दोलन गर्नु पर्दथ्यो ।

अहिले दुईवटा कुरा नबुझेको हो । एउटा- जनता नै सार्वभौसत्ता सम्पन्न भइसकेको छ । तसर्थ जनताको इच्छा, भावना र हित विपरित कुनै पनि कुरा हुदैन । त्यो अर्को कुरा के हो भने अहिले जनतालाई देवता मान्ने, जनतालाई सर्वोपरी मान्ने, जनताको इच्छा, आकांक्षा, हित र आदेश अनुसार काम गर्ने जनताप्रति उत्तरदायी सरकार छ । त्यसकारण जनताका कुरा सुन्छ । र, जनताको हितमा काम गर्छ । अर्को कुरा कुनै पनि कुरा शतप्रतिशत परफेक्ट नहुन पनि सक्छ । त्यस्तो भयो भने सरोकारवाला पक्षले, जनताको कुनै पक्षले यहाँनिर यस्तो भयो है भन्ने बित्तिकै त्यो विरोधको भावना बेस्सरी उछालेर कहाँ पुग्छु भन्ने त्यो भावना नराख्दा पनि हुने हो । त्यो विरोध केही उछालिनेवाला पनि छैन ।

जनता भड्काउन सकिन्छ कि भन्ने नसोचे पनि हुन्थ्यो । भड्काउन सकिनेवाला पनि छैन । जनताका लागि काम गर्ने सरकार छ । अनि जनता के कारणले भड्किन्छ ? कुनै कमी कही देखियो भने त त्यो सरकारले सच्चाइहाल्छ । त्यसकारण जनताको इच्छा अनुसार काम गर्ने जनताको सरकार भएको हुनाले जनतालाई दमन गरेर आएको सरकार होइन यो । जनताको अभिमतबाट जनताप्रति प्रतिवद्ध रहेर, जनताप्रति प्रतिवद्धता जनाएर, त्यो प्रतिवद्धताका साथ र देशलाई अगाडि बढाउने संकल्पक साथ आएको सरकार हो । त्यस कारण यो सानातिना कुराहरुमा नअल्झिए हुन्थ्यो । अल्झिरहनु पर्ने आवश्यकतै थिएन ।

गुठीका नाममा गरिबमाथि दमन

गुठीसम्बन्धी कतिपय ठाउँमा गुठीका नाममा जनता माथि, गरिबहरु माथि शोषण भइरहेको छ । जमिन सबै कुरा एकै ठाउँ ‘टकासार भाजि टकासार खाजा’ भन्छ हिन्दीमा । त्यो हुँदैन । बैली, बहल, धार्मिक गुठी, यहाँका यस्ता ऐतिहासिक गुठीहरु, हाम्रा संस्कृतिसँग, साँस्कृतिक परम्परासँग र यस्ता परोक्ष ढंगका साँस्कृतिक धरोहरसँग जोडिएका गुठीहरुको कुरा बेग्लै हो । यदि यस विधयकले कही कतै त्यस प्रकारका गुठीहरुमा कतै केही धक्का परेको रहेछ भने त्यो सरकारले विचार गर्छ ।

अब केही मानिसहरुले खुबै मौका पायौँ भन्ठानेको होला । कुनै चान्स आउने वाला छैन । चान्स छैन । किनभने यो सरकार जनताका लागि, जनताले भने अनुसार काम गर्छ, । जनताको हितमा काम गर्छ र यो हाम्रा परम्परा, हाम्रा संस्कृति, हाम्रा ऐतिहासिक धरोहरहरु, हाम्रा पुरातात्विक महत्वका धरोहरहरु, पुरातात्विक महत्वका धरोहर भन्दा घर मात्रै बुझिदैन । घरसँग जोडिएका हाम्रा संस्कृति बुझिन्छ । मच्छेन्द्रनाथको रथ यात्रा आफैमा एउटा धरोहर हो । इन्द्रजात्रा आफैमा एउटा धरोहर हो । कुमारी जात्रा आफैमा एउटा धरोहर हो । त्यस कारण भवन, घर, कुदिएको कला मात्रै होइन । साँस्कृतिक कला जो झन राम्ररी कुदिएको छ । त्यो पनि हो । त्यस कारण यसमा कुनै भ्रम राख्नु पर्ने आवश्यकता म देख्दिन ।

अब म आइसक्या छु । यो सबै कुरा हामी हेरेर कुनैपनि हाम्रो साँस्कृतिक धरोहर, ऐतिहासिक धरोहर, परम्परा, चाडवाड रीतितिथिसँग कुनै कुराले कही नेरी अलिकति पनि प्रतिकुल असर वा घच्चा जानेर वा नजानेर पारेको रहेछ भने त्यसलाई त सरकारले सच्याइहाल्छ । यो सरकार बनेको जनताको मन दुखाउन होइन । यो सरकार बनेको जनताको मन हसाँउन हो । त्यसकारण कही कतै केही नपुगेको देख्दा वा कही कतै केही भुलबस् कतै गएको देख्दा त्यो मौका आयो कि भन्ठान्नु बेकार हो । म त्यति भन्न चाहन्छु यस सन्दर्भमा ।

अर्को हाम्रा जहाजहरु युरोपियन आकाशमा पनि उड्ने छन्, विश्वका जुनसुकै आकाशमा उड्ने छन् । त्यो उड्ने प्रवन्धका लागि हामी तयारी गर्दैछौँ । यस पल्ट पनि हामीले गम्भिरताका साथ कुरा उठाएका छौँ ।

१९४७ को सम्झौतालाई त्रिपक्षीय राख्नु जरुरी छैन

अर्को सन् १९४७ को त्रिपक्षीय सम्झौता त्यो धेरै पुरानो भयो, त्यो साँचो हो । त्यसले आजका हाम्रा आवश्यकतालाई त्यसले निर्देशित गर्न, नियन्त्रित गर्न सक्ने अवस्था छैन । त्यस कारण स्वभाविक हो यो कुनै आवेश उत्तेजनाको विषय होइन । १९४७ को त्रिपक्षीय सन्धी त्यो भारतबाट व्रिटिस गोर्खा भनिएका हाम्रा दाजुभाइहरु रेजिमेन्ट मारिएका बेलाको कुरा हो ।

त्यसकारण त्यस कुरालाई त्रिपक्षीय नै राख्नुपर्ने आवश्यकता छैन । आज हामी दुई पक्षीय सहमतीमा जान सक्छौँ । त्यसका लागि पुनरावलोकन गर्नु पर्छ । समग्र पुनरावलोकनको पक्षमा हामी छौँ । कसरी अगाडि बढ्ने भन्ने कुरा । यो कुनै भन्न नहुने कुरा वा लुकाएको कुरा होइन । मैले युकेमा त्यहाँ प्रधानमन्त्री थेरेसा मेरी मेसँग पनि यो कुरा गरे र हाम्रो विचार हो यो । हाम्रो सोच हो भनेर भने । तर त्यो कुरा मात्रै संयुक्त वक्तव्यमा आउँछ जो दुवै पक्षलाई उत्तिकै सजिलोसँग स्वीकार्य हुन्छ । त्यो नभइसकेको अवस्थामा त्यो दुई पक्षीय संयुक्त वक्तव्यमा आउदैन त्यो, स्वभाविक हो । अहिले हामीले उठाएका हौँ त्रिक्षीय सम्झौता अब आवद्यिक रहेन, यसको पुनरावलोकन गर्नु पर्छ भन्ने कुरा हामीले उठाएका हौँ ।

फलदायी भ्रमण

भ्रमण संक्षिप्तमा अत्यन्तै फलदायी रह्यो । हामी अत्यन्त सक्रिय पनि रह्यौँ । हामीले हाम्रा नीतिहरु, उपलब्धिहरु, आवश्यकताहरु, आंकाक्षाहरु यी सबै कुराहरुलाई सबै ठाउँमा सान्दर्भिक ढंगले, सान्दर्भिक ठाउँहरुमा उठाएका छौँ, अगाडि बढाएका छौँ ।

छानविन जारी भएका कुरामा नबोलौं

वाईडबडी चाहि छानविन हुँदै छ । छानविन भइरहेका कुरामा मैले धेरै केही नबोलौँ । अब गैर जवाफदेही पाराले फलानो भ्रष्टाचार, फलानोले खायो भन्दिन मिल्छ तर मैले परिणाम नआइकन कसैको बारेमा भन्न मिल्दैन । छानविन हुँदैछ–जो दोषी छ उम्किन पाउदैन । दोषी माथि कारवाही हुन्छ । वाइड बडी अहिलेसम्म उडेन । किन भने पहिले त तयारी नै भएको थिएन त्यसको । अब बिस्तारै उड्छ । अब सरकारको त्यसमा ध्यान गएको छ । लोकसेवा आयोगको विज्ञापन सम्बन्धी मुद्दा अदालतमा चलिराख्या छ क्यार, सबजुडिस केसमा धेरै केही नबोलौँ ।

धन्यवाद ।

ratopati.com बाट

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...