काठमाडौंमा बालेन शाह ३५ हजार ३७४ मतसहित अग्रस्थानमा
वि.सं.२०७९ जेठ ७ शनिवार १७:४८
4.3K
shares
काठमाडौं: काठमाडौं महानगरपालिकामा अहिलेसम्म ९६ हजार ९४४ मत गणना भएको छ ।
जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन शाह ३५ हजार ३७४ मतसहित अग्रस्थानमा छन् ।
त्यसैगरी नेकपा एमालेका केशव स्थापित १९ हजार २४८ मत ल्याएर दोस्रो स्थानमा छन् । एमालेका स्थापितभन्दा बालेन १६ हजार १२६ मतले अगाडि छन् ।
नेपाली कांग्रेसकी सिर्जना सिंह १९ हजार ८३ मत प्राप्त गरी तेस्रो स्थानमा छिन् । स्थापित र सिहंबीच १६५ मतको फरक छ ।
वि.सं.२०७९ जेठ ७ शनिवार १७:४८




















