Rajshow Bivag

मतदातालाई आकर्षित गर्ने खालका घोषणापत्र बनाउँदै दलहरु

Departmant of helth services

 

काठमाडौं: बैशाख ३० गते हुने स्थानीय तहको चुनाव नजिकिएसँगै चुनावी घोषणापत्र र प्रतिबद्धतापत्रको तयारीमा दलहरु जुटेका छन् ।

 

दलहरु चुनावी नारा बनाउनेदेखि घोषणा पत्र तयारी गर्नेसम्मको काममा व्यस्त छन् । गएको चुनावमा गरिएका वाचा आफू निर्वाचित भएको पालिकाबाट के कति पूरा भए भनेर पनि अहिले समीक्षा हुन थालेको छ ।

 

सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले केन्द्रीय तहमा घोषण पत्र बनाउने जिम्मा महामन्त्री गगन थापालाई दिएको छ ।

 

ज्येष्ठ नागरिकलाई सहुलियत दिने लगायतका विषय घोषणा पत्रमा समेट्ने कांग्रेसको तयारी छ । कांग्रेसले गएको फागुन २९ गतेदेखि नै गाउँघरमा पुगेर चुनावको प्रचारप्रसार गर्दै आएको छ ।

 

यस्तै, माओवादी केन्द्रले ‘समाजवाद उन्मुख समृद्धिः आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि’ लाई स्थानीय तह चुनावको प्राथामिक एजेन्डा बनाउने भएको छ ।

 

आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा निःशुल्क प्रदान, खाद्य सुरक्षा, आवास, रोजगारी, स्वच्छ वातावरण, जातीय, क्षेत्रीय एवम् लैङ्गिक समानता लगायतका मौलिक हक कार्यान्वयन पनि समाजवाद उन्मुख समृद्धिको अभियानसँगै पूर्णरुपले कार्यान्वयन हुँदै जाने माओवादीको भनाइ छ ।

 

यस्तै, एकीकृत समाजवादी पार्टीले स्थानीय आवश्यकताका आधारमा घोषणापत्र बनाउने जनाएको छ । यसैगरी, नेकपा एमालेले वृद्ध भत्तालाई बढाउनेसहित यसलाई निरन्तरता दिने र प्रभावकारी कार्यान्वयन गर्नेबारे छलफल थालेको छ । चुनावमा मतदातालाई आकर्षित गर्ने गरी दलहरु घोषणा पत्र बनाउन जुटेका हुन् ।

 

प्रमुख राजनीतिक दलले स्थानीय तहका लागि फरक-फरक घोषणा पत्रको तयारी गरेका छन् । उनीहरूले केन्द्रबाट नीतिगत तथा स्थानीय तहले आफ्नो योजनासहितको घोषणा पत्रहरु ल्याउने तयारी गरेका छन् ।

 

मतदातालाई आकर्षित गर्ने खालका विषय समेट्न लागेका दलहरुले यसअघिको चुनावमा गरेका कतिपय प्रतिबद्धता भने अझै पूरा गर्न सकेका छैनन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...