YouTube Link

स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसको ‘जम्बो’ प्रचार समिति

केन्द्रीय सदस्यदेखि शुभेच्छुक संस्थाका प्रमुखसम्म

Facebook Link

 

काठमाडौं: आगमी वैशाख ३० मा हुने स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा ‘जम्बो’ प्रचार समिति गठन गरेको छ ।

 

पार्टीका केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरू समेटेर ६७ सदस्यीय प्रचार समिति गठन भएको हो ।

 

सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको निर्णय अनुसार प्रवक्ता महतलाई प्रचार समिति प्रमुख तोकेका थिए ।

 

उक्त समिति सदस्यमा पार्टी केन्द्रीय सदस्यहरू, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखलाई पनि राखेर पूर्णता दिइएको छ ।

 

समिति सदस्यमा केन्द्रीय सदस्यहरू जीपछिरिङ लामा, दिपक गिरी, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, गोविन्द भट्टराई, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाई, बहादुरसिंह (लामा) तामाङ, अमृत अर्याल, रामजनम चौधरी, गोपाल दहित रमा कोइराला (पौडेल) छन् ।

 

साथै केन्द्रीय सदस्यहरू कृष्णकिशोर घिमिरे, ध्रुब वाग्ले, दिनेशकुमार यादव, टेकबहादुर गुरुङ, प्रदीपकुमार सुनुवार, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, अब्दुल सत्तार, राजीव ढुंगाना, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, उमेश श्रेष्ठ, राजीवबिक्रम शाह, विनोदकुमार चौधरी, चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, मोहन आचार्य, जावेदा खातुन जागा, नागिना यादव, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, गंगालक्ष्मी अवाल, दिनेश कोइराला, उर्मिला नेपाल केसी पनि प्रचार समितिमा छन् ।

 

यस्तै केन्द्रीय सदस्यहरू सुशीला थिङ, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सीना, शान्ति परिवार विक प्रचार समितिमा छन् ।

 

नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरूङ, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, नेपाल दलित संघका शम्भु हजारा पासवान, नेपाल राष्ट्रिय मगर संघका अध्यक्ष ओम थापा मगर, नेपाल ट्रेड युनियन कांग्रेस अध्यक्ष पुष्कर आचार्य, नेपाल शिक्षक संघ अध्यक्ष राजेन्द्रराज पौडेल, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक संघ अध्यक्ष तीर्थ थापा पनि प्रचारप्रसार समितिमा पदेन सदस्य छन् ।

 

साथै नेपाल मुश्लिम संघ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन अध्यक्ष नरेन्द्रप्रसाद ढकाल, प्रशासन, व्यवस्थापन र विकास केन्द्र अध्यक्ष डिल्लीप्रसाद शिवाकोटी, नेपाल लोकतान्त्रिक शेर्पा संघ अध्यक्ष लाक्पा शेर्पा, प्रजातन्त्रवादी प्राध्यापक संघका जगत तिमिल्सीना, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल अध्यक्ष उमेशप्रसाद थानी पनि सदस्य छन् ।

 

यस्तै प्रजातन्त्रवादी चिकित्सक संघ अध्यक्ष अनिलबिक्रम कार्की, नेपाल प्रेस युनियन अध्यक्ष बद्री सिग्देल, प्रजातान्त्रिक वन प्राविधिक संघ नेपाल अध्यक्ष दामोदर शर्मा, नेपाल कुमाल संघ अध्यक्ष भीमसेनबहादुर कुमाल, लोकतान्त्रिक नेवाः खल अध्यक्ष नेमसिंह नकर्मी, डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन-नेपाल अध्यक्ष कौशलकुमार पौडेललाई पनि प्रचारप्रसार समिति सदस्य बनाइएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...