प्रधानमन्त्री देउवा १८ गते भारत भ्रमणमा जाने
वि.सं.२०७८ चैत १० बिहीवार १५:२२
1.7K
shares
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भ्रमणको लागि १८ गते भारत जाने भएका छन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा देउवा १८ गते त्यता जाने भएका हुन ।
प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ । भ्रमणका क्रममा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ ।
उक्त रेल सेवाको प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा शुभारम्भ गर्ने कार्यक्रम छ ।
त्यसअघि चिनियाँ विदेशमन्त्री वाङ सीले नेपाल भ्रमण गर्ने भएका छन् ।
वि.सं.२०७८ चैत १० बिहीवार १५:२२



















