YouTube Link

सत्ता गठबन्धनको बैठकद्वारा अहिलेसम्मका काम कारबाहीको समीक्षा, स्थानीय तहमा सकेसम्म मिलेर जाने

Facebook Link

 

काठमाडौं: अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन भएयता सत्ता गठबन्धनका दलबीच पहिलो बैठक बालुवाटारमा बसेको छ ।

 

सत्ता गठबन्धनको बैठकले आफ्नो कामको समीक्षा गरेको छ ।

 

बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अहिलेसम्मका काम कारबाहीको समीक्षा गरेको हो ।

 

गठबन्धन बैठकले संसदको अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेको छ ।

 

चार दलका शीर्ष नेताहरु रहेको समन्वय समितिको बैठकमा संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएको विषयमा छलफल भएको थियो ।

 

लामो समयसम्म अवरोध हुँदा संसदबारे जनतामा नकारात्मक धारणा बन्नसक्ने भन्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘प्रमुख प्रतिपक्षी दललाई सदल सञ्चालन गरेर पर्याप्त छलफल गर्ने वातावरण बनाउन आग्रह गरेका छौं ।’

 

सत्ता गठबन्धनले घोषणा गरेको साझा न्युनतम कार्यक्रमलाई कार्यन्वयन केन्द्रित हुनुपर्ने बैठकले निर्णय गरेको जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए ।

 

‘जनतालाई राहत दिने र समग्र अर्थतन्त्र उकालो लाग्नुपर्यो भन्ने कुरामाथि छलफल भएको हो,’ उनले भने । यस्तै वैशाख ३० मा हुनेमा स्थानीय तहको चुनावमा सकेसम्म मिलेर जाने निर्णय भएको बताए ।

 

‘स्थानीय तहमा सकेसम्म मिलेर जानेमा गठबन्धनभित्र एक मत छ,’ यादवले भने, ‘स्थानीय तहको सबै ठाउँमा गठबन्धन गरेर जान सकिने अवस्था छैन । तर सिकेको ठाउँमा मिलेर जाऊ भन्नेमा हामी सबै सहमत छौं ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...