YouTube Link

लाजिम्पाटमा खुल्यो अत्याधुनिक सेवा सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको ‘श्रीद्धि इन्टरनेशनल हस्पिटल’

Facebook Link

 

काठमाडौं: लाजिम्पाटमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सेवा सुविधा सम्पन्न श्रीद्धि इन्टरनेशनल हस्पिटल प्रा.लि. सञ्चालनमा आएको छ ।

 

विशेष गरी ट्राभल इन्स्योरेन्ससहित नेपाल घुम्न आएका पर्यटकको स्वास्थ्य सेवा तथा उपचारलाई प्राथमिकतामा राख्दै हस्पिटल सञ्चालनमा ल्याइएको हो ।

 

ट्राभलिङ मेडिसिनलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउन हस्पिटल सञ्चालनमा ल्याइएको संस्थापक अध्यक्ष एवं प्रवन्ध निर्देशक डा. गिर्वाणराज तिमिल्सिनाले जानकारी दिए । ‘नेपाल आउने पर्यटकहरु ट्राभलिङ इन्स्योरेन्स गरेका हुन्छन् । उनीहरु बिरामी हुँदा व्यवस्थित उपचार पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने, ‘एउटै छाना मुनी सम्पूर्ण उपचार सेवा हामी प्रदान गर्नेछौं ।’

 

तिमिल्सिनाले यस अगाडि पनि यस्तै खालको हस्पिटल काठमाडौंको सोह्रखुट्टे र एभरेष्ट बेसक्याम्प नजिक सञ्चालन गरिसकेका छन् ।

 

यसैलाई मध्यनजर गरी अझै अत्याधुनिक सुविधा सम्पन्न हस्पिटल सञ्चालन गरी उपचार दिन यो अस्पताल सञ्चालनमा आएको हो ।

 

श्रीद्धि इन्टरनेशनल हस्पिटलमा २५ बेड क्षमता छ । हस्पिटलमा २४सैं घन्टा सुविधा सम्पन्न इमर्जेन्सी सेवा, आइसियु, एचडियु, कम्प्युटराइज एक्स–रे, फार्मेसी एवं डिलक्स बेड लगायतका सुविधा छन् ।

 

सबै प्रकारका रोगको उपचार परीक्षण तथा उपचारका लागि अस्पतालमा ‘वेलनेस’ विभागसमेत स्थापना गरिएको छ ।

 

‘विदेशी पर्यटकसँगै अत्याधुनिक तथा राम्रो सुविधामा उपचार चाहने नेपालीले पनि यस हस्पिटलबाट सेवा लिन सक्नुहुनेछ,’ तिमिल्सिनाले भने । हस्पिटलमा २४सै घन्टा आकस्मिक चिकित्सालय सेवा सहित सम्पूर्ण रोगका कन्स्ल्टेन्टबाट विशेषज्ञ सेवा प्रदान हुने उनले जानकारी दिए ।

 

कोरोना भाइरसले प्रभावित भएको पर्यटन क्षेत्रका लागि पनि यस्ता प्रकारका हस्पिटलको आवश्यकता महसुस गरी आफूले लगानी गरेको उनले जानकारी दिए ।

 

हस्पिटलमा करिब ७० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । पोखरा, चितवनसहित अन्य पर्यटकीय क्षेत्रमा यस्तै प्रकारका हस्पिटल सञ्चालनमा ल्याउने आफ्नो आगामी योजना रहेको तिमिल्सिनाले जानकारी दिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...