२१ आरोप सहित प्रधानन्यायाधीश राणामाथि महाअभियोग
वि.सं.२०७८ फागुन १ आइतवार १४:४७
काठमाडौं: प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाभियोग दर्ता भएको छ ।
महाअभियोग दर्ताभएपछि उनी स्वत पदमुक्त भएका छन् ।
उनी पदमुक्त भएपछि कार्यबाहक प्रधानन्यायाधशमा दीपक कार्कीलाई जिम्मा दिईएको छ ।
नेपालको संविधान धारा १०१ को उपधारा (२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएपछि स्वतः निलम्बनमा पर्ने उल्लेख छ ।
यसम्बन्धी पत्र सर्वोच्चमा पुगेपछि निलम्बनले औपचारिकता पाउने छ ।
महाअभियोग प्रस्तावमा लोकतन्त्र, मानवअधिकार, न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न अक्षम रहेकोसहित २१ वटा आरोप लगाइएको छ ।
सांसद देव गुरूङले प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त नगरेपछि महाअभियोग दर्ता गर्नुपरेको गुरुङले बताएका छन् ।
वि.सं.२०७८ फागुन १ आइतवार १४:४७