YouTube Link

रहेनन् कमलराज राई अलबिदा

Facebook Link

 

काठमाडौं: प्रभाव राष्ट्रिय दैनिकका सञ्चालक एवं सम्पादक र नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाका सदस्य कमलराज राईको असामयिक निधन भएको छ ।

 

राईको उपचारका क्रममा नेपाल-भारत मैत्री अस्पतालमा बिहीबार निधन भएको हो ।

 

पछिल्लो समय सामान्य विरामी रहेका राईलाई बिहीबार बिहान अचानक स्वास्थयमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अक्सिजन लेभल कम भएर टिचिङ शिक्षण अस्पतालमा आइसियु खाली नभएपछि थप उपचारका लागि नेपाल-भारत मैत्री अस्पताल लगिएको थियो । उपचारको क्रममा सोही अस्पतालमा राईको बेलुका निधन भएको हो ।

 

ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका उँबुमा जन्मिएका राई दुईदशकदेखि पत्रकारितामा सक्रिय रुपमा रहेका थिए । पत्रकारितामा गोरखा सैनिक आवाज पत्रिकाबाट संवाददताको रुपमा पत्रकारिता सुरु गरेका थिए । राईले माउन्टेन टेलिभिजन, सौर्य दैनिक, सिटीपोष्ट दैनिक, कमाण्डर पोष्ट दैनिक, खम्बुवान पत्र, न्युज अप्रेसन, नयाँ सन्देश साप्ताहिक लगायतका सञ्चारमाध्यमबाट पत्रकारिता गरेका थिए ।

 

पछिल्लो समय खासखबर साप्ताहिकको प्रकाशक तथा सम्पादक समेत गरेका थिए । आम सञ्चारमा स्नातकोत्तर अध्ययनरत राईले अर्थ सवाल साप्ताहित, तामाकोशी साप्ताहिक लगयतका विभिन्न पत्र-पत्रिका नियमित स्तम्भ लेखन गर्दै आएका थिए ।

 

४५ वर्षीय राईका श्रीमती‚ आमा र बहिनी छन् ।

 

राईको प्रार्थिव शरीर अन्त्यष्टीका लागि गृह जिल्ला ओखलढुंगा लगिने पारिवारिक स्रोतले बताएको छ ।

 

राईको मृत्युप्रति अखबार नेपाल र अखबार टाईम्स साप्ताहिक टीम भावपूर्ण श्रद्धञ्जलि व्यक्त गर्दछौं । शोक सन्तप्त परिवारप्रति धैर्यधारणा गर्ने शक्ति मिलोस् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...