YouTube Link

उपत्यकासहित देशभरका उच्च पहाडी र हिमाली जिल्लामा वर्षा सहित हिमपात, जनजिवन कष्टकर

Facebook Link

 

काठमाडौं: उपत्यकासहित देशभर आज बिहानैदेखि उच्च पहाडी र हिमाली जिल्लामा वर्षा सहित हिमपात भएको छ ।

 

पानी परेसँगै काठमाडौंको चन्द्रागिरि, फुल्चोकीसहित हुम्ला, सोलुखुम्बु, बझाङ, बाजुरा, बैतडी, डोटी, दार्चुला लगायत जिल्लाका उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएको छ ।

 

सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको थियो । हिमपातसँगै चिसोले त्यस क्षेत्रको जनजीवन कष्टकर भएको छ ।

 

सुदूरपश्चिमका जिल्लामा बिहीबार दिउँसोदेखि पानी पर्न सुरु भएसँगै हिमपात समेत सुरु भएको  हो ।

 

हिमपातका कारण बझाङको टेलिफोन सेवा, यातायात सेवा र विद्युत् सेवा समेत ठप्प भएको छ । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तर्गत ढोल्यामोड श्रीभावर लगायतका दर्जनभन्दा बढी ठाउँमा बाक्लो हिउँ परेको छ ।

 

जसका कारण लामो तथा छोटो दूरीमा चल्ने दर्जनौँ गाडीबीच बाटोमै अलपत्र परेका छन् ।

 

यस्तै डोटीको खप्तड, गोलादेउ, नापानी, चर्केकोलेक, बडिकेदारथान, अल्याडी, चौरीबाज, ओखरखाली, मुस्ताल, देउताल, शिखरगाथ क्षेत्रमा बिहीवारदेखि हिमपात भइरहेको छ ।

 

यस्तै, सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा भारी हिमपात भइरहेको छ ।

 

सडकमा बाक्लो हिउँ जमेका कारण गाडी चल्न सकेका छैन भने काठमाडौं लगायत बाहिरी जिल्लामा जाने गाडी छुट्न सकेका छैनन् ।

 

हिमपातका कारण तीन वटा राजमार्ग बन्द भएका छन् ।

 

यसैबीच कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ ।

 

हिमपातका कारण हवाई उडान प्रभावित भएको छ ।

 

नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यान्न ढुवानी हिमपातका कारण रोकिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...