YouTube Link

उपत्यकासहित देशभरका उच्च पहाडी र हिमाली जिल्लामा वर्षा सहित हिमपात, जनजिवन कष्टकर

Facebook Link

 

काठमाडौं: उपत्यकासहित देशभर आज बिहानैदेखि उच्च पहाडी र हिमाली जिल्लामा वर्षा सहित हिमपात भएको छ ।

 

पानी परेसँगै काठमाडौंको चन्द्रागिरि, फुल्चोकीसहित हुम्ला, सोलुखुम्बु, बझाङ, बाजुरा, बैतडी, डोटी, दार्चुला लगायत जिल्लाका उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएको छ ।

 

सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको थियो । हिमपातसँगै चिसोले त्यस क्षेत्रको जनजीवन कष्टकर भएको छ ।

 

सुदूरपश्चिमका जिल्लामा बिहीबार दिउँसोदेखि पानी पर्न सुरु भएसँगै हिमपात समेत सुरु भएको  हो ।

 

हिमपातका कारण बझाङको टेलिफोन सेवा, यातायात सेवा र विद्युत् सेवा समेत ठप्प भएको छ । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तर्गत ढोल्यामोड श्रीभावर लगायतका दर्जनभन्दा बढी ठाउँमा बाक्लो हिउँ परेको छ ।

 

जसका कारण लामो तथा छोटो दूरीमा चल्ने दर्जनौँ गाडीबीच बाटोमै अलपत्र परेका छन् ।

 

यस्तै डोटीको खप्तड, गोलादेउ, नापानी, चर्केकोलेक, बडिकेदारथान, अल्याडी, चौरीबाज, ओखरखाली, मुस्ताल, देउताल, शिखरगाथ क्षेत्रमा बिहीवारदेखि हिमपात भइरहेको छ ।

 

यस्तै, सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा भारी हिमपात भइरहेको छ ।

 

सडकमा बाक्लो हिउँ जमेका कारण गाडी चल्न सकेका छैन भने काठमाडौं लगायत बाहिरी जिल्लामा जाने गाडी छुट्न सकेका छैनन् ।

 

हिमपातका कारण तीन वटा राजमार्ग बन्द भएका छन् ।

 

यसैबीच कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ ।

 

हिमपातका कारण हवाई उडान प्रभावित भएको छ ।

 

नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यान्न ढुवानी हिमपातका कारण रोकिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...