त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट एकै दिन २१ केजी सुन पक्राउ
वि.सं.२०७८ मंसिर १४ मंगलवार १७:१६
2.7K
shares
काठमाडौं: विदेशबाट फर्किने नेपालीहरुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट एकै दिन २१ केजी सुन पक्राउ परेको छ ।
त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालयले विदेशबाट फर्केका ४ सय १५ जनाबाट उक्त परिमाणको सुन पक्राउ गरेको भन्सार विभागले जनाएको छ ।
नेपाली बजारमा हाल प्रति तोला सुन ९१ हजार ९ सय रहेको छ । उक्त मूल्य अनुसार २१ किलो सुनको मूल्य करिब १७ करोड २१ लाख रुपैयाँ हुने देखिन्छ ।
सामान्य रुपमा यो परिमाणको सुनको कर करिब २ करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
त्रिभुवन विमान भन्सारका प्रमुख महेश भट्टराईका अनुसार अधिकांशले बाला बनाएर सुन लगाएर आएका थिए उनीहरुलाई सामान्य अनुसन्धान गरेर छाडेको बताए ।
विदेशबाट आउने सोझा नेपालीलाई बोकाएर एकैदिन २१ किलो सुन बरामद भएपछि भने भन्सारको चेकिङमा कडाइ गरिएको छ ।
वि.सं.२०७८ मंसिर १४ मंगलवार १७:१६




















