Rajshow Bivag

एक सातापछि सर्वोच्चका न्यायाधीशहरु अन्ततः इजलासमा फर्किए

Departmant of helth services

 

काठमाडौं: झण्डै एक सातादेखि इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु अन्ततः इजलासमा फर्किएका छन् ।

 

गत आइतबारदेखि आन्दोलनरत न्यायाधीशहरुले इजलास बहिष्कार गरेको एक सातापछि फर्किएर मुद्दाको सुनुवाइ गरेका हुन् ।

 

सोमबार बसेको न्यायाधीशहरुको बैठकले बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने निर्णय गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पनि विहान बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै पेशी चढाएर इजलास तोकेका थिए ।

 

सोही बमोजिम दुईवटा एकल र चार वटा संयुक्त इजलासमा ६ वटा बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाई भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

 

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै न्यायाधीशहरूले कात्तिक ८ गतेदेखि इजलास बहिष्कार गर्दै आएका थिए ।

 

प्रधानन्यायाधीश जबराले सम्मानजनक बहिर्गमनको सन्देश दिएपछि न्यायाधीशहरुको तीन सदस्यीय अनौपचारिक वार्ता टोलीले जबरासँग वार्ता गरेको थियो ।

 

सोही बमोजिम प्रधानन्यायाधीशले इजलास गठन गरेका र न्यायाधीशहरु काममा फर्किएका हुन् ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...