YouTube Link

एक सातापछि सर्वोच्चका न्यायाधीशहरु अन्ततः इजलासमा फर्किए

Facebook Link

काठमाडौं: झण्डै एक सातादेखि इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु अन्ततः इजलासमा फर्किएका छन् ।

गत आइतबारदेखि आन्दोलनरत न्यायाधीशहरुले इजलास बहिष्कार गरेको एक सातापछि फर्किएर मुद्दाको सुनुवाइ गरेका हुन् ।

सोमबार बसेको न्यायाधीशहरुको बैठकले बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने निर्णय गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पनि विहान बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै पेशी चढाएर इजलास तोकेका थिए ।

सोही बमोजिम दुईवटा एकल र चार वटा संयुक्त इजलासमा ६ वटा बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाई भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै न्यायाधीशहरूले कात्तिक ८ गतेदेखि इजलास बहिष्कार गर्दै आएका थिए ।

प्रधानन्यायाधीश जबराले सम्मानजनक बहिर्गमनको सन्देश दिएपछि न्यायाधीशहरुको तीन सदस्यीय अनौपचारिक वार्ता टोलीले जबरासँग वार्ता गरेको थियो ।

सोही बमोजिम प्रधानन्यायाधीशले इजलास गठन गरेका र न्यायाधीशहरु काममा फर्किएका हुन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...